बिहीबार, श्रावण २१,२०८३ 06:44:55
Bizshala
  • बिहीबार, श्रावण २१,२०८३ 06:44:55
Bizshala
Global IME Bank Limited

अपर तामाकोशीका सञ्चालक श्रेष्ठमाथि छानबिनको माग

अपर तामाकोशीका सञ्चालक श्रेष्ठमाथि छानबिनको माग
New Office

काठमाण्डौ । नेपाल सेयरबजार लगानीकर्ता संघले अपर तामाकोशी हाइड्रोपावर लिमिटेडका सञ्चालकविरुद्ध छानबिन गरी आवश्यक कारबाही गर्न माग गरेको छ। संघले कम्पनीका सञ्चालक राजन श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत सर्वसाधारण लगानीकर्ता तथा लगानीकर्ताको हकहितमा कार्यरत संघ–संस्थाविरुद्ध अपमानजनक अभिव्यक्ति दिएको आरोप लगाएको हो।

संघले सोमबार कम्पनीको सञ्चालक समितिलाई पत्र लेख्दै उक्त विषयप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पत्रमा उल्लेख भएअनुसार श्रेष्ठको अभिव्यक्तिले पूँजी बजारमा आबद्ध सर्वसाधारण लगानीकर्ताको सम्मानमा आघात पुगेको भन्दै यथार्थता सार्वजनिक गर्न र दोषी पाइएमा आवश्यक कारबाही गर्न आग्रह गरिएको छ।

संघले सम्बन्धित फेसबुक पोस्टको स्क्रिनसटसमेत प्रमाणका रूपमा संलग्न गरेको जनाएको छ। साथै, यस विषयमा छानबिन नगरी बेवास्ता गरिएमा कानुनी उपचारका लागि प्रक्रिया अघि बढाइने चेतावनी पनि दिएको छ।

यसैबीच, संघले सोही पत्रमार्फत सम्बन्धित नियामक तथा सरोकारवाला निकायहरूलाई पनि ध्यानाकर्षण गराएको छ। संघले नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज, नेपाल प्रहरी साइबर ब्यूरो, नेपाल विद्युत नियमन आयोग तथा स्वतन्त्र ऊर्जा उत्पादक संस्था नेपाललगायत निकायलाई आवश्यक छानबिन गरी आ–आफ्नो अधिकार क्षेत्रभित्र रहेर कारबाही प्रक्रिया अघि बढाउन अनुरोध गरेको छ।

राजन श्रेष्ठले अप्रिल १६ मा फेसबुकमा लेखेका छन, ‘पब्लिक लिमिटेड कम्पनीबाट अनुचित लाभ लिनका लागि लगानीकर्ता संघहरुले डरत्रास सिर्जना गर्ने, एजीएम अघि कम्पनीमा गई अनावश्यक खर्च माग गर्ने धन्दा चलाई आएको हुँदा यस्तो कार्यमा संलग्न झोले लगानीकर्ता संघहरुलाई तत्काल खारेज गरी आवश्यक कारवाही गर्नुपर्नेछ ।’

घटनाबारे अपर तामाकोशी हाइड्रोपावर वा आरोपित सञ्चालकबाट भने हालसम्म औपचारिक प्रतिक्रिया आएको छैन।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.