काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा आज संस्थाको ३ लाख १९ हजार १०४.७४ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
संस्थाले आव २०८१/८२ सम्मको मुनाफाबाट सेयरधनीहरुलाई १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरण गरेको थियो । सोही बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
नेप्सेमा सूचीकृत भएसँगै उक्त बोनस सेयर मंगलबारदेखि दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।