काठमाण्डौं । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा पूर्व गभर्नर दीपेन्द्र बहादुर क्षेत्रीले धितोपत्र बोर्डको अध्यक्ष चयनको प्रक्रिया रोकिनुलाई सरकारको पूँजीबजार प्रति गैरजिम्मेवारको संज्ञा दिएका छन् । आज धितोपत्र बोर्डको अध्यक्ष छनौट प्रक्रिया रोकिएकोप्रति प्रतिक्रया जनाउँदै क्षेत्रीले यसलाई सरकारको गैरजिम्मेवारीपनको संज्ञा दिएका हुन् ।
‘बोर्डको अध्यक्ष छनौटको विषयमा सरकार संबेदनशील बन्नुपर्ने थियो । छनौट समितिले बल्ल–बल्ल ५ जनाको नाम तयार पारेको थियो ।
५ जना नै आफ्नो प्रस्तुतिको लागि तयारी अवस्थामा बसेको बेला एकाएक छनौट प्रक्रिया स्थगत गर्नुले जनतामा राम्रो सन्देश जादैन ।’ क्षेत्रीले भने । यस्तो क्रियाकलापले सरकार केही गतल कार्यतर्फ लागेको र यसले सरकारको विश्वसनियतामाथि नै पश्न चिन्ह खडा गरेको उनले बताए ।