बुधबार, बैशाख ९,२०८३ 10:28:59
Bizshala
  • बुधबार, बैशाख ९,२०८३ 10:28:59
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

मन्जुश्री फाइनान्सको नाफा २७% ले बढेर २१.८९ करोड पुग्यो, वितरणयोग्य मुनाफा पनि झण्डै ५०% ले बढ्यो

Bizshala
मन्जुश्री फाइनान्सको नाफा २७% ले बढेर २१.८९ करोड पुग्यो, वितरणयोग्य मुनाफा पनि झण्डै ५०% ले बढ्यो
Shivam Cement

काठमाण्डौ । मन्जुश्री फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आफ्नो वित्तीय अवस्थामा सुधार गरेको छ। कम्पनीको नाफा वृद्धि मात्र नभई समग्र वित्तीय स्वास्थ्यमा सन्तुलित प्रगति देखिएको छ, जसले संस्थाको सञ्चालन दक्षता र जोखिम व्यवस्थापन क्षमतामा सुधार आएको संकेत गर्दछ।

समीक्षा अवधिमा कम्पनीले २१ करोड ८९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २७.९३ प्रतिशतले बढी हो। नाफा वृद्धिको मुख्य आधारका रूपमा इम्पेयरमेन्ट चार्जमा आएको कमी र खुद ब्याज आम्दानीमा भएको वृद्धि देखिएको छ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

कम्पनीको मुख्य आम्दानी स्रोतका रूपमा रहेको खुद ब्याज आम्दानी १०.२४ प्रतिशतले बढेर ६८ करोड ४७ लाख रुपैयाँ पुगेको छ। साथै, शुल्क तथा कमिशन आम्दानी पनि १०.२४ प्रतिशतले वृद्धि भई ९ करोड २ लाख रुपैयाँ पुगेको छ।  

यस्तै कम्पनीको सञ्चालन नाफा २९ करोड ३१ लाखबाट बढेर ३२ करोड ३३ लाख रुपैयाँ पुगेको छ। यो अवधिमा कम्पनीको रिटेन्ड अर्निङको आकार १४.६४ प्रतिशतले बढेर ३० करोड ५४ लाख पुगेको छ । अघिल्लो आवमा ७३ करोड ५४ लाख रहको रिजर्भको आकार पनि बढेर ८० करोड ५५ लाख रुपैयाँ पुगेको छ ।  

कम्पनीको वितरणयोग्य मुनाफा समेत बढेको छ । वितरणयोग्य मुनाफा ४९.९४ प्रतिशतले बढेर ३० करोड ५४ लाख रुपैयाँ पुगेको छ ।  

CG Motors
Garima Development Bank
IME remit

कम्पनीको खराब कर्जा अनुपात घटेको छ । अघिल्लो आवमा ४.२० प्रतिशत रहेको खराब कर्जा अनुपात घटेर ३.९९ प्रतिशतमा झरेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) २१.६० रुपैयाँ , पीई अनुपात ३८.८४ गुणा ,प्रतिसेयर नेटवर्थ १८२.२० रुपैयाँ र तरलता अनुपात २२.४६ प्रतिशत कायम भएको छ । 

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.