काठमाण्डौ । अपर तामाकोशी हाईड्रोपावर लिमिटेडमा दुईजना स्वतन्त्र सञ्चालक नियुक्त भएका छन् । कम्पनीको स्वतन्त्र सञ्चालक पदमा डा. अवतार न्यौपाने र डा. छत्र बहादुर बस्नेत रहेका छन् ।
गत फागुन ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले दुवैजनालाई कम्पनीको १६ औं र १७ औं वार्षिक साधारण सभाबाट अनुमोदन हुनेगरी स्वतन्त्र सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
कम्पनीको १६ औं र १७ औं वार्षिक साधारण सभा गत चैत २९ गते सम्पन्न भएको थियो । उक्त सभाबाट दुईजना कम्पनीको स्वतन्त्र सञ्चालक नियुक्ती गर्ने प्रस्ताव अनुमोदन गरिएको थियो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।