काठमाण्डौ । मेन्छियाम हाइड्रोपावर लिमिटेडको ४३ लाख कित्ता सेयरको लकइन अवधि समाप्त भएको छ । कम्पनीको कुल ४३ लाख ७ हजार २८३ कित्ता सेयरको लकइन अवधि वैशाख १२ गते समाप्त भएको हो ।
जसमा संस्थापक सेयर संख्या ३७ लाख ९८ हजार ८३ कित्ता, स्थानीय बासिन्दाहरुको सेयर संख्या ५ लाख ५ हजार ७८० कित्ता र कर्मचारीहरुको सेयर संख्या ३ हजार २४० कित्ता रहेको छ ।
संचालक तथा कम्पनीको व्यवस्थापकिय पदमा कार्यरत कर्मचारीहरुको हकमा नियमअनुसार सेयर रोक्का नै रहने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।