बिहीबार, श्रावण २१,२०८३ 02:58:08
Bizshala
  • बिहीबार, श्रावण २१,२०८३ 02:58:08
Bizshala
Global IME Bank Limited

घोराही सिमेन्ट १५.८६ करोड घाटामा, कस्तो छ समग्र वित्तीय अवस्था ?

घोराही सिमेन्ट १५.८६ करोड घाटामा, कस्तो छ समग्र वित्तीय अवस्था ?
New Office

काठमाण्डौ । आम्दानी बढेसँगै घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको घाटामा कमी आएको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म १५ करोड ८६ लाख रुपैयाँ घाटा व्यहोरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ५५ करोड ४३ लाख रुपैयाँ घाटा व्यहोरेको थियो ।  

कम्पनीको बिक्री आम्दानी बढेकाले घाटामा कमी आएको हो । कम्पनीले समीक्षा अवधिसम्म बिक्रीमार्फत ३ अर्ब ५५ करोड ११ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ०.६९ प्रतिशतले बढी हो ।

अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले ३ अर्ब ५२ करोड ६५ लाख रुपैयाँ खुद आम्दानी गरेको थियो । कम्पनीले यो अवधिसम्म २ करोड ५५ लाख रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ । अघिल्लो आवमा भने कम्पनीले ३५ लाख २०  हजार रुपैयाँबराबरको अन्य आम्दानी गरेको थियो ।  

त्यस्तै कम्पनीको प्रशासनिक,बिक्री तथा वितरण खर्च १३ करोड ८४ लाख रुपैयाँ, ह्रासकट्टी खर्च ५० करोड र वित्त खर्च ४९ करोड १८ लाख रुपैयाँबराबर रहेको छ ।

अघिल्लो आवमा भने कम्पनीको वित्त खर्च ६८ करोड ८७ लाख रहेको थियो ।

कम्पनीको रिटेन्ड अर्निङ १ अर्ब ४८ करोडबाट घटेर ७९ करोड ३२ लाख रुपैयाँमा सीमित बनेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)३.१६ रुपैयाँले ऋणात्मक,प्रतिसेयर नेटवर्थ १६८.६९९ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ४३६.९५५ रुपैयाँ र तरलता अनुपात ०.८३२ प्रतिशत कायम भएको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.