बुधबार, भाद्र ३,२०८३ 12:02:42
Bizshala
  • बुधबार, भाद्र ३,२०८३ 12:02:42
Bizshala
Global IME Bank Limited

आइएमई लाइफको लाभांश घोषणाको प्रतिक्षामा लगानीकर्ता, कतिसम्म छ दिने क्षमता ?

आइएमई लाइफको लाभांश घोषणाको प्रतिक्षामा लगानीकर्ता, कतिसम्म छ दिने क्षमता ?
New Office

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत २४ वटा बीमा कम्पनी मध्ये हालसम्म २० वटा कम्पनीले लाभांश सम्बन्धी निर्णय गरिसकेका छन् ।  

जसमा ११ वटा निर्जीवन बीमा कम्पनी र ९ वटा जीवन बीमा कम्पनीले गत आवको सञ्चित मुनाफाबाट लाभांश दिने वा नदिने सम्बन्धी निर्णय गरेका हुन् ।  

जीवन बीमातर्फ अब आइएमई लाइफ, प्रभु महालक्ष्मी लाइफ र नेशनल लाइफ इन्स्योरेन्सले लाभांश घोषणा अर्थात निर्णय गर्न बाँकी छ, भने निर्जीवन तर्फ राष्ट्रिय बीमा कम्पनीले लाभांश सम्बन्धी निर्णय गर्न बाँकी छ ।  

प्रिमियम मूल्यमा आईपीओ ल्याएका चारवटा जीवन बीमा कम्पनीमध्ये अब आइएमई लाइफ इन्स्योरेन्सले मात्रै लाभांशको निर्णय सुनाउन बाँकी छ । सबैभन्दा पहिला आईपीओ जारी गरेको कम्पनी आइएमईले नै  सेयरधनीलाई प्रतिक्षामा राखेको छ ।  

दोस्रो बजारमा पनि आइएमई लाइफको लाभांशको विषयमा बढी चर्चा छ । कम्पनीले गत आवको मुनाफाबाट लाभांश देला या नदेला वा कति बोनस दिन्छ भन्ने खालका जिज्ञासाहरु लगानीकर्ताबीच आदानप्रदान भइरहेको देखिन्छ ।  

कम्पनीको वित्तीय विवरण बीमा प्राधिकरणबाट स्वीकृतिको क्रममा रहेकाले लाभांश सम्बन्धी निर्णय गर्न ढिला भएको कम्पनीले जनाएको छ । लाभांश प्रस्ताव वा लाभांश सम्बन्धी निर्णय गर्न चालु आवको हालसम्मको वित्तीय विवरणसमेत नेपाल बीमा प्राधिकरणबाट लेखाजोखा भई स्वीकृति गराउनुपर्ने भएकाले प्रक्रिया लम्बिन पुगेको कम्पनीका सीईओ कवि फुयाँलले बताए ।  

बीमा प्राधिकरणबाट वित्तीय विवरण स्वीकृत भएपछि मात्रै सञ्चालक समिति बैठक बसेर सेयरधनीलाई लाभांश बाँड्ने वा नबाँड्ने अर्थात कति वितरण गर्ने सम्बन्धमा निर्णय हुने फुयाँलले बताए ।  

Bizshala
CG Motors

प्रिमियमा आईपीओ ल्याएका चार जीवन बीमा कम्पनीले नै पूँजी बढाउनका लागि सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेका छन् । यसर्थ आइएमई लाइफको पनि हालको कायम चुक्तापूँजी ४ अर्ब रुपैयाँ छ । कम्पनीलाई प्राधिकरणले तोकेको पूँजी पुर्याउन अझै १ अर्ब रुपैयाँ बराबरको पूँजी जुटाउनुपर्ने हुन्छ ।  

प्रिमियम मूल्यमै आईपीओ ल्याएको रिलायबल नेपाल लाइफको पनि पूँजी ४ अर्ब रुपैयाँ छ । कम्पनीले उक्त कायम चुक्तापूँजीको १६ प्रतिशतले हुन आउने ६४ करोड रुपैयाँ बराबरको बोनस सेयर प्रस्ताव गरेको थियो ।  

आइएमई लाइफले पनि पूँजी वृद्धिको लागि १ अर्ब रुपैयाँ बराबरको बोनस सेयर प्रस्ताव गर्न सक्ने सम्भावना छ । अर्थात् अब कम्पनीले कायम चुक्तापूँजी ४ अर्ब रुपैयाँको २५ प्रतिशत बोनस सेयर प्रस्ताव गरेमा कम्पनीको चुक्तापूँजी ५ अर्ब रुपैयाँ पुग्नेछ ।  

।कम्पनीलाई पूँजी वृद्धि गर्न बोनस सेयर र हकप्रद जारी गर्न दुईवटा विकल्प छ । यी दुईमध्ये कम्पनीले तत्काल हकप्रद जारी गर्ने कुनै योजना बनाएको छैन । यसर्थ कम्पनीले बोनस सेयरबाटै पूँजी बढाउन सक्ने बढी सम्भावना देखिन्छ ।  

कम्पनीले गत आर्थिक वर्षमा २४ करोड ८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत आवमा उत्कृष्ट नाफा कमाएपनि जीवन बीमा कम्पनीको लाभांश क्षमता एक्चुरीअल भ्यालुएसपश्चात् मात्रै तय हुने गर्दछ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.