काठमाण्डौ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा ६७.७४ प्रतिशतको गिरावट आएको छ । संस्थाले चालु आवको तेस्रो त्रैमाससम्म १५ करोड ५० लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने संस्थाले ४८ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस्तै अघिल्लो आवमा १ अर्ब १९ करोड रुपैयाँ रहेको कम्पनीको खुद ब्याज आम्दानी घटेर १ अर्ब ३९ करोडमा सीमित बनेको छ । खुद शुल्क तथा कमिशन आम्दानी भने १७ करोड ९७ लाखबाट बढेर २४ करोड २९ लाख पुगेको छ ।
संस्थाको खुद सञ्चालन आम्दानी १ अर्ब १२ करोड र सञ्चालन मुनाफा ३७ करोड ७२ लाख रहेको छ । तेस्रो त्रैमाससम्म संस्थाको लाभांश क्षमता १२.१६ रुपैयाँबाट घटेर ८.०५ रुपैयाँमा सीमित बनेको छ ।
यस्तै वितरणयोग्य मुनाफा पनि २३ करोड ८२ लाखबाट घटेर १६ करोड ५५ लाखमा सीमित बनेको छ । संस्थाले इम्पेयरमेन्ट चार्जका लागि ५३ करोड ८० लाख छुट्टाएको छ । अघिल्लो आवमा भने संस्थाले इम्पेयरमेन्ट चार्जका लागि ४१ करोड ७९ लाख छुट्टाएको थियो । यो अवधिमा संस्थाको खराब कर्जा अनुपात ९.०९ प्रतिशतबाट बढेर १३.९५ प्रतिशत पुगेको छ ।
यस्तै संस्थाको रिटेन्ड अर्निङमा १६ करोड ५५ लाख र रिजर्भमा २ अर्ब ९७ करोड सञ्चित रहेको छ ।
समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस) ७.५४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २१४.४३ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १०७४.८६ रुपैयाँ र तरलता अनुपात ७.८१ प्रतिशत कायम भएको छ ।

