बिहीबार, श्रावण २१,२०८३ 01:45:22
Bizshala
  • बिहीबार, श्रावण २१,२०८३ 01:45:22
Bizshala
Global IME Bank Limited

एनएमबि लघुवित्तको नाफा २१६% ले वृद्धि

एनएमबि लघुवित्तको नाफा २१६% ले वृद्धि
New Office

काठमाण्डौ । खुद ब्याज आम्दानी बढेसँगै एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा आकर्षक वृद्धि देखिएको छ । संस्थाले चालु आवको तेस्रो त्रैमाससम्ममा आफ्नो नाफा २१६.११ प्रतिशतले बढाएको छ । संस्थाले समीक्षा अवधिसम्म ८ करोड ७० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म यस्तो रकम २ करोड ७५ लाखमा सीमित थियो ।  

यो अवधिमा संस्थाले ४४ करोड ४२ लाख रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ५९.४२ प्रतिशतले बढी हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म संस्थाको खुद ब्याज आम्दानी २७ करोड ८६ लाख रुपैयाँ रहेको थियो । संस्थाको खुद सञ्चालन आम्दानी ४९ करोड ६२ लाख रुपैयाँ पुगेको छ ।  

यो अवधिमा संस्थाको सञ्चालन मुनाफा १० करोड ८१ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवमा यस्तो रकम २ करोड ७४ लाखमा सीमित थियो ।  

यस्तै संस्थाको वितरणयोग्य मुनाफा ६ करोड ७० लाख रहेको छ ।  

अघिल्लो आवमा २१ करोड २ लाख रुपैयाँ रहेको संस्थाको रिटेन्ड अर्निङ २४ करोड २६ लाख रुपैयाँ पुगेको छ । रिजर्भको आकार पनि २१ करोड २ लाखबाट बढेर २४ करोड २६ लाख रुपैयाँ पुगेको छ । संस्थाले सेयर प्रिमियम शीर्षकमा ७ करोड २९ लाख रुपैयाँ छुट्टाएको छ ।  

यो अवधिसम्म संस्थाले ग्राहकहरुबाट १ अर्ब ९४ करोड रुपैयाँ निक्षेप संकलन र ८ अर्ब १ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ । संस्थाको खराब कर्जा अनुपात ५.५९ प्रतिशतबाट बढेर १५.५० प्रतिशत पुगेको छ ।  

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस)१६.०८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १४२.४४ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १२१९.८५ रुपैयाँ, मूल्य आम्दानी अनुपात ४१.२९ गुणा र तरलता अनुपात ११.७५ प्रतिशत कायम भएको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.