बिहीबार, श्रावण २१,२०८३ 01:48:03
Bizshala
  • बिहीबार, श्रावण २१,२०८३ 01:48:03
Bizshala
Global IME Bank Limited

लाभांश पारित गर्दै युनाइटेड मोदी हाइड्रोपावरको साधारणसभा सम्पन्न, सञ्चालकमा अधिकारी र पाण्डे निर्वाचित

लाभांश पारित गर्दै युनाइटेड मोदी हाइड्रोपावरको साधारणसभा सम्पन्न, सञ्चालकमा अधिकारी र पाण्डे निर्वाचित
New Office

काठमाण्डौ । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेड १२ औं वार्षिक साधारणसभा आज काठमाण्ठौमा रहेको कालिमाटि ब्याङ्क्वेटमा सम्पन्न भएको छ । कम्पनीको सञ्चालक समितिका अध्यक्ष नविन सिलवालको अध्यक्षतामा सम्पन्न सभाले ७.३६८४२ प्रतिशत लाभांश पारित भएको छ । जसमा ७ प्रतिशत बोनस सेयर र ०.३६८४२ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि( रहेको छ ।

सभाबाट सञ्चालक समितिको सदस्यमा रेणुका पाण्डे र प्राप्ति अधिकारी निर्वाचित भएका छन् । सभाले सामान्य प्रस्तावहरुमा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्नु हुने वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ ।

त्यसैगरी सभाले लेखापरिक्षकको प्रतिवेदन सहितको आव २०८१/८२ का वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाहको विवरण लगायत वित्तिय विवरणहरू उपर छलफल गरी स्वीकृत गर्ने, लेखापरीक्षण समितिको सिफारिस बमोजिम आव २०८२/८३ को लेखापरीक्षण कार्यको लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण समेत गरेको छ ।

त्यसैगरी सभाले अन्य लगानी योग्य क्षेत्र पहिचान गरी लगानी गर्नु परेमा सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गरको छ ।

त्यसैगरी, सभाले विशेष प्रस्तावहरुमा कम्पनीले अन्य कम्पनीहरूमा लगानी गर्न सहज बनाउन होल्डिङ्ग कम्पनीको रुपमा विकास गर्नको लागी कम्पनीको नाम परिवर्तन गर्ने तथा सोही अनुसार प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, कम्पनीको जारी पुँजी बृद्घि गर्ने , हकप्रद सेयर जारी तथा निष्काशन गर्ने कार्य गर्दा विद्युत नियमन आयोग, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लि, कम्पनी रजिष्ट्रारको कार्यालय र सिडिएस एण्ड क्लियरिङ्ग लि लगायतका नियमनकारी निकायमा आवश्यक कार्य गर्नका लागि कम्पनीको सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

सभाले माथि उल्लेख गरे बमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा गरिएका आवश्यक संशोधनहरूकम्पनी रजिष्ट्रार कार्यालयबाट स्वीकृत गराउने क्रममा आवश्यक थपघट वा परिमार्जन गर्न र नियामक निकाय तथा अन्य सरकारी कार्यालयबाट जारी नीति निर्देशन बमोजिम प्रबन्धपत्र तथा नियमावलीमा परिमार्जन गर्नुपरेमा सो सम्बन्धमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि पारित गरेको छ । 

सभामा बोल्ने सेयरधनीहरुले प्रतिफलको स्वागत गर्दै यस आर्थिक वर्षमा पनि लाभांश दिन संचालक समिति र व्यवस्थापनलाई आग्रह गरेका छन् ।

कम्पनीले पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा ८ मा १० मेगावाट क्षमताको तल्लो मोदी १ आयोजना २०६९ मंसिर ९ गतेदेखि व्यापारिक उत्पादन गरिरहेको छ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.