काठमाण्डौ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा प्रमेश आचार्य नियुक्त भएका छन् । वैशाख २७ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले आचार्यलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।
उनलाई जेठ १ गतेदेखि लागू हुनेगरी सीईओ पदमा नियुक्त गरिएको हो । आचार्यको पदावधि ४ वर्षको हुनेछ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।