मंगलवार, बैशाख २९,२०८३ 11:12:07
Bizshala
  • मंगलवार, बैशाख २९,२०८३ 11:12:07
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

अपि पावरको नाफामा ८६ प्रतिशतको बढोत्तरी, विद्युत बिक्री आम्दानी १.३० अर्ब

Bizshala
अपि पावरको नाफामा ८६ प्रतिशतको बढोत्तरी, विद्युत बिक्री आम्दानी १.३० अर्ब
Shivam Cement

काठमाण्डौ । अपि पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ६५ करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ८६.२९ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ३५ करोड ३४ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।  

यस्तै कम्पनीले ९३ लाख ३६ हजार रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

कम्पनीको वित्त खर्चमा उल्लेखनीय गिरावट आएको छ । अघिल्लो वर्ष ४५ करोड ८८ लाख रुपैयाँ रहेको वित्त खर्च घटेर यस वर्ष ३१ करोड ८५ लाख रुपैयाँमा सीमित भएको छ। प्रशासनिक खर्च पनि ३ करोड २७ लाखबाट घटेर २ करोड ३४ लाख रुपैयाँमा झरेको छ। यद्यपि ह्रासकटी खर्च भने ३१ करोड ७६ लाखबाट बढेर ३१ करोड ८८ लाख रुपैयाँ पुगेको छ।

कम्पनीले विद्युत बिक्रीबाट १ अर्ब ३० करोड आर्जन गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा ८.९६ प्रतिशतले बढी हो। वित्त आम्दानी ४ लाख ३८ हजारबाट घटेर १ लाख ८४ हजार रुपैयाँमा झरेको छ।

CG Motors
Garima Development Bank
IME remit

६ अर्ब ३७ करोड रुपैयाँ चुक्तापुँजी रहेको कम्पनीको कुल चालु सम्पत्ति ६५ करोड ३९ लाख रुपैयाँ छ भने कुल चालु दायित्व २ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) बढेको छ । अघिल्लो आवमा ७.७६ रुपैयाँ रहेको ईपीएस १३.७६ रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ११५.३२ रुपैयाँ, मूल्य आम्दानी अनुपात २५.३० गुणा र तरलता अनुपात ०.२६ प्रतिशत कायम भएको छ ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.