काठमाण्डौ । श्रीनगर एग्रीटेक इण्डष्ट्रिज लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २ करोड ५८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ५७.१५ प्रतिशतले बढी हो ।
कम्पनीले १६ करोड ८५ लाख रुपैयाँ खुद आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ४.५१ प्रतिशतले बढी हो । यस्तै कम्पनीले ९२ लाख ४८ हजार रुपैयाँबराबरको अन्य आम्दानी समेत गरेको छ ।
कम्पनीको वित्त खर्च घटेको छ। अघिल्लो वर्ष ५ करोड ९१ लाख रुपैयाँ रहेको वित्त खर्च चालु आवमा घटेर ४ करोड ६२ लाख रुपैयाँमा सीमित बनेको छ ।
अघिल्लो वर्ष १ करोड ८६ लाख रुपैयाँ रहेको रिजर्भ चालु आवको तेस्रो त्रैमाससम्म आइपुग्दा बढेर १७ करोड ७८ लाख रुपैयाँ पुगेको छ।
समीक्षा अवधिसम्म कम्पनीको कुल चालु सम्पत्ति १ अर्ब ४२ करोड रुपैयाँ रहेको छ भने कुल चालु दायित्व ४६ करोड ३२ लाख रुपैयाँ कायम भएको छ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी १.३३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ११०.८९ रुपैयाँ, तरलता अनुपात ३.०८ प्रतिशत र आरओई ०.८० प्रतिशत कायम भएको छ ।

