काठमाण्डौ । मैलुङ खोला जलविद्युत कम्पनीको समग्र वित्तीय अवस्थामा सुधार आएको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म १ करोड १५ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ ।
यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २१.१७ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले १ करोड ४६ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।
यस्तै कम्पनीको विद्युत बिक्री आम्दानी पनि ७ करोड ५९ लाखबाट बढेर ७ करोड ९२ लाख पुगेको छ । कम्पनीले यो अवधिमा २२ लाख ९४ हजार रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको वित्त खर्च २ करोड ७ लाखबाट बढेर १ करोड ४० लाख रुपैयाँमा सीमित बनेको छ । ३७ करोड ६३ लाख रुपैयाँ चुक्तापूँजी भएको कम्पनीको रिजर्भ कोषमा २० लाख २८ हजार सञ्चित रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ४.०९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १०४.५९ र तरलता अनुपात १.४५ प्रतिशत कायम भएको छ ।

