काठमाण्डौ । मिड सोलु हाईड्रोपावर लिमिटेडको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । आज नेप्सेमा कम्पनीको ११ लाख २२ हजार ६ सय कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
कम्पनीले गत आवका लागि सेयरधनीहरुलाई १५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद लाभांश घोषणा गरेको थियो ।
सोही १५ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । यससँगै अब आगामी कारोबारदेखि कम्पनीको उक्त बोनस सेयर दोस्रो बजारमा कारोबार गर्न मिल्नेछ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।