मंगलवार, श्रावण १९,२०८३ 04:42:57
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 04:42:57
Bizshala
Global IME Bank Limited

एनआईसी एशिया लघुवित्तले डाक्यो साधारण सभा, यस्ता छन् प्रस्ताव

एनआईसी एशिया लघुवित्तले डाक्यो साधारण सभा, यस्ता छन् प्रस्ताव
New Office

काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा डाकेको छ । जेठ ५ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले आगामी जेठ ३० गते साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो ।

उक्त सभा सुनसरीको धरान उपमहानगरपालिकामा रहेको गोर्खा होटलमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

सभामा संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने र यस कार्यका लागि नियामक निकायबाट कुनै आवश्यक संशोधन गर्न निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

यसैगरी अन्य कुनै उपयुक्त घ वर्गाका लघुवित्तसँग एक आपसमा गाभ्ने÷गाभिने तथा प्राप्ति प्रयोजनका लागि उपयुक्त लघुवित्तको पहिचान गर्ने र यससम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ

सभामा आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८१/८२ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरु उपर छलफल गरी स्वीकृत गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

सभामा लेखापरीक्षण समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०८२/८३ का लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्ने र संस्थापक समूहबाट ४ जना र सर्वसाधारण समूहबाट २ जना गरी ६ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

साधारण सभा प्रयोजनका लागि संस्थाले जेठ १९ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ जेठ १८ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै संस्थाको सभामा सहभागी हुन योग्य हुनेछन् । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.