बिहीबार, श्रावण २१,२०८३ 11:15:47
Bizshala
  • बिहीबार, श्रावण २१,२०८३ 11:15:47
Bizshala
Global IME Bank Limited

हाइड्रोपावर कम्पनीहरुको नाफामा उछाल, विद्युत बिक्रीमार्फत रु.४० अर्ब आम्दानी

हाइड्रोपावर कम्पनीहरुको नाफामा उछाल, विद्युत बिक्रीमार्फत रु.४० अर्ब आम्दानी
New Office

काठमाण्डौ । हाइड्रोपावर कम्पनीहरुको नाफामा उछाल आएको छ । चालु आवको तेस्रो त्रैमाससम्म हाइड्रो कम्पनीहरुले ओभरलमा ७ अर्ब ९२ करोड ९३ लाख रुपैयाँ नाफा कमाएका छन् ।  

हाइड्रो कम्पनीहरुको यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा ३७३.५८ प्रतिशत बढी हो । गत आवको तेस्रो त्रैमाससम्म हाइड्रो कम्पनीहरुले समग्रमा २ अर्ब ३४ करोड ८९ लाख रुपैयाँ नाफा कमाएका थिए ।  

बैंकहरुको ब्याजदर निरन्तर घटेपछि हाइड्रो कम्पनीहरुको नाफामा उल्लेख्य वृद्धि देखिएको हो । बैंक तथा वित्तीय संस्थाको ब्याजदर घट्न थालेपछि हाइड्रो कम्पनीहरुको लागत घटेपछि नाफा वृद्धिमा टेवा पुगेको हो ।  

साथै केही कम्पनीहरुको विद्युत बिक्री आम्दानी र बीमा दाबीको रकम प्राप्त हुँदा पनि नाफा बढेको देखिएको छ । विशेषगरी ब्याजदर घट्दा लागत कम भई आयोजनाको नाफामा सुधार देखिएको विज्ञहरु बताउँछन् ।  

नेप्सेमा हाल १०३ हाइड्रो कम्पनी सूचीकृत छन् । तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेका १०१ कम्पनीमध्ये ७९ कम्पनी नाफामा छन् भने २२ कम्पनी भने अझै घाटामा नै छन् ।  

नाफामा रहेका ७९ हाइड्रो कम्पनीले मात्रै तेस्रो त्रैमाससम्म ९ अर्ब ९५ करोड ५४ लाख रुपैयाँ नाफा कमाएका छन् । घाटा ब्यहोरेका २२ कम्पनीको घाटा कुल नाफामा कटौती गर्दा समग्रमा हाइड्रोपावरहरुको नाफा करिब ७ अर्ब पुगेको हो ।  

सबैभन्दा बढी नाफा कमाउनेमा साहज उर्जा रहेको छ । यो कम्पनीले मात्रै तेस्रो त्रैमाससम्म १ अर्ब १८ करोड रुपैयाँ नाफा कमाएको छ । कम्पनीको यो न ाफा गत आवको तुलनामा ३०.७१ प्रतिशत बढी हो ।  

साथै सो अवधिसम्म घाटा ब्यहोर्ने २२ कम्पनीले तेस्रो त्रैमाससम्म कुल २ अर्ब २ करोड ६० लाख रुपैयाँ घाटा ब्यहोरेका छन् । सबैभन्दा धेरै रसुवागढी हाइड्रोपावरले १ अर्ब २३ करोड ९६ लाख रुपैयाँ घाटा ब्यहोरेको छ ।  

हाइड्रो कम्पनीहरुको विद्युत बिक्री आम्दानी समेत ३८.५६ प्रतिशतले बढेको छ । चालु आवको तेस्रो त्रैमाससम्म हाइड्रो कम्पनीहरुले विद्युत बिक्री गरेर कुल ४० अर्ब ६९ करोड ७० लाख रुपैयाँ आम्दानी गरेका छन् । गत आवको सोही अवधिसम्म भने हाइड्रो कम्पनीहरुले विद्युत बिक्री गरेर २९ अर्ब ३७ करोड ८ लाख रुपैयाँ आम्दानी गरेका थिए ।  

सबैभन्दा बढी अप्पर तामाकोशी हाइड्रोले बिजुली बेचेर ७ अर्ब ७१ करोड ८१ लाख रुपैयाँ आम्दानी गरेको छ । यो आम्दानी गत आवको तुलनामा ८०.७२ प्रतिशत बढी हो ।  

 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.