काठमाण्डौ । भारतीय सेयर बजारमा बाबा रामदेवको नामसँग मिल्दोजुल्दो एउटा कम्पनीको आईपीओमा मानिसहरुको निकै आकर्षण देखिएको छ । तर यो कम्पनी बाबा रामदेवको भने होइन ।
भारतीय सेयर बजारमा गत १५ अप्रिलदेखि रामदेब बाबा सोल्भेन्ट लिमिटेड नामक कम्पनीको आईपीओ निष्कासन भएको थियो । लगानीकर्ताले भने रामदेवको कम्पनी भनेर भुक्किएर कम्पनीमा लगानी गरिरहेको भारतीय मिडियाले बताएका छन् । यो आईपीओमा १७ अप्रिलसम्म १०.०६ गुणा बढी आवेदन परिसकेको छ । कम्पनीले ५० करोड २७ लाख रुपैयाँको ५९ लाख १४ हजार कित्ता सेयर आईपीओ निष्कासन गरेको छ ।
लगानीकर्ताले बाबा रामदेवको कम्पनी भनेर लगानी गरिरहेको यो कम्पनी सन् २००८ मा स्थापना भएको कम्पनी हो । यो कम्पनीले चामलको भुसबाट तेलको उत्पादन तथा वितरण गर्ने काम गर्छ ।