काठमाण्डौ । काठमाण्डौ । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्री गर्ने भएको छ । कम्पनीले गत चैत २२ गतेदेखि २०८३ वैशाख २८ गतेसम्म १ः१ अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको ४ लाख ७४ हजार ६९६ कित्ता सेयर लिलामीमातर्फ बिक्री गर्न लागेको हो ।
कम्पनीले यही जेठ २१ गतेदेखि उक्त सेयरहरुको बिक्री आवेदन खुलाउने भएको छ । यो सेयर खरिदका लागि जो सुकै व्यक्ति,कम्पनी वा संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । बोलकबोल पेश गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन पेश गर्न सकिने कम्पनीले जनाएको छ ।
लगानीकर्ताले एनआईसी एशिया क्यापिटको काठमाण्र्डा थापाथलीस्थित कार्यालय, एनआईसी एशिया बैंकको शाखा कार्यालयहरुःविराटनगर, वीरगञ्ज, पोखरा, बुटवल, धनगढी, विरेन्द्रनगर, पञ्चकन्या(नुवाकोट) त्रिशुली(नुवाकोट), नारायणगढ, चितवन र नेपालगञ्जबाट आवेदन दिन सक्नेछन् ।
बोलपत्र आवेदन पेश गर्ने अन्तिम मिति जेठ २९ गते निर्धारण गरिएको छ ।

