काठमाण्डौ । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आव का लागि लाभांश नदिने घोषणा गरेको छ । वैशाख ५ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले आव २०७९/८० को मुनाफाबाट सेयरधनीहरुलाई कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
उक्त बैठकले गत आवको वित्तीय विवरणहरु पारित गर्दै लाभांश नदिने प्रस्तावसहितका वित्तीय विवरणहरु स्वीकृतिको लागि राष्ट्र बैंकमा पठाउने निर्णय गरेको छ।
संस्थाले आव २०७८/७९ का लागि पनि लाभांश दिएको थिएन ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।