काठमाण्डौ । ओभर द काउण्टर (ओटिसी) बजारमा हुने कारोबार ८३.२४ प्रतिशतले वृद्धि भएको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज संसदमा पेश गरेको आर्थिक सर्वेक्षणमा ओटिसी बजारमा हुने कारोबार रकम उल्लेख्य बढेको उल्लेख गरेको छ ।
चालु आवको फागुन मसान्तसम्म ओटिसी बजारमा ३ अर्ब २८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यो कारोबार रकम गत आवको सोही अवधिसम्मको तुलनामा ८३ प्रतिशत बढी हो ।
गत आवको फागुन मसान्तसम्म ओटिसी बजारमा १ अर्ब ७९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)बाट दोस्रो बजार कारोबारअन्तर्गत नेप्सेमा सूचीकृत नभएका पब्लिक कम्पनीहरुको धितोपत्रको खरिद बिक्रीका लागि ओटिसी बजार संचालन हुँदै आइरहेको छ ।

