काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थागत समूहको २५ हजार कित्ता सेयर बिक्रीमा राखिएको छ। यो सेयर खरिदका लागि संस्थापक सेयरधनी तथा सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले आफूले लिन चाहेको सेयरको व्यहोरा खुलाई नवलपरासी गैडाकोटमा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आईपुग्ने गरी निवेदन पेश गर्न सक्नेछन्।
लगानीकर्ताले सूचना प्रकाशित भएको १५ दिनभित्र बोलपत्र आवेदन पेश गर्नुपर्नेछ। संस्थापक सेयरको बिक्री मूल्य प्रचलित नियमानुसार हुने जनाइएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।