आईतवार, कार्तिक ८,२०८३ 11:01:01
  • आईतवार, कार्तिक ८,२०८३ 11:01:01
Global IME Bank Limited

उपत्यकामा २४ घण्टामा २,२५६ चालक कारबाहीमा, ४ लाख ९१ हजार राजस्व संकलन

Bizshala
उपत्यकामा २४ घण्टामा २,२५६ चालक कारबाहीमा, ४ लाख ९१ हजार राजस्व संकलन
New Office

काठमाण्डू, काठमाडौँ उपत्यकामा सवारी अनुशासन उल्लङ्घन गर्ने चालकहरूमाथि ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा व्यापक कारबाही गरेको छ।

विभिन्न स्थानमा गरिएको नियमित चेकिङ तथा निगरानीका क्रममा कुल २ हजार २५६ चालक नियम उल्लङ्घनमा परेका छन् भने राज्यकोषमा करिब ४ लाख ९१ हजार ५०० रुपैयाँ राजस्व सङ्कलन भएको छ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

ट्राफिक प्रहरी कार्यालयका अनुसार कारबाहीमा परेकामध्ये सबैभन्दा बढी १ हजार १६१ जना सामान्य ट्राफिक नियम उल्लङ्घन गर्ने चालक रहेका छन्।  

उनीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी जरिवाना गरिएको हो।

त्यसैगरी, सडक सुरक्षामा उच्च जोखिम मानिने मापसे (मादक पदार्थ सेवन गरी सवारी चलाउने) १५१ जना, ट्राफिक सङ्केत बत्तीको अवहेलना गर्ने १४२ जना तथा तीव्र गतिमा सवारी सञ्चालन गर्ने २३० चालक पनि कारबाहीमा परेका छन्।

Garima Development Bank
Bizshala
IME remit

त्यस्तै, सार्वजनिक यातायात व्यवस्थापनमा चुनौती थप्ने गरी नियमविपरीत राइड सेयरिङ सञ्चालन गर्ने १११ जना, लेन अनुशासन उल्लङ्घन गर्ने ३३ जना, तथा निषेधित क्षेत्रमा अनावश्यक हर्न बजाउने १९३ जनामाथि पनि कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

फुटपाथ तथा सडक पेटीमा सवारी पार्किङ गर्ने ११७ चालक र एकतर्फी सडक नियम उल्लङ्घन गर्ने ११८ चालकसमेत नियन्त्रणमा परेका छन्।

ट्राफिक प्रहरीले सडक दुर्घटना न्यूनीकरण र सुरक्षित यातायात प्रणाली सुनिश्चित गर्न नियमित चेकिङलाई थप कडाइ गरिएको जनाएको छ।  

साथै, चालकहरूलाई ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह पनि गरिएको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.