काठमाण्डौ । पाकिस्तानको सेयर बजार हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज पाकिस्तानको बेञ्चमार्क सेयर इन्डेक्स, कराँची स्टक इन्डेक्स–१०० १.०७ प्रतिशतले वृद्धि हुँदै ७१ हजार ६६५ विन्दुमा पुगेको छ । यो उचाईमा हालसम्मकै उच्च हो ।
यसअघि पाकिस्तानको सेयर बजारको ७१ हजारको उच्च विन्दुमा पुगेको थियो । आज पुरानो उचाईलाई उछिन्दै पाकिस्तानको सेयर बजारले नयाँ उचाई चुमेको छ ।
गत वर्षदेखि अहिलेसम्म पाकिस्तानको सेयर बजार ७४ प्रतिशतले वृद्धि भईसकेको छ ।
पाकिस्तानले आगामी मे महिनामा अन्तराष्ट्रिय मुद्रा कोष (आइएमएफ)सँग नयाँ आर्थिक सहायता सम्झौता गर्दैछ । यस्तै पाकिस्तानी कम्पनीहरुको मार्च महिनाको त्रैमासमा प्रदान गरेको राम्रो लाभांशका कारण पाकिस्तानको सेयर बजार नयाँ उचाईमा पुगेको छ ।