बिहीबार, श्रावण २८,२०८३ 01:49:22
Bizshala
  • बिहीबार, श्रावण २८,२०८३ 01:49:22
Bizshala
Global IME Bank Limited

म्युचुअल फण्ड उपसूचकमा मात्रै हरियाली, १२ फण्डको इकाईमूल्य वृद्धि

Prabhu Bank Limited
म्युचुअल फण्ड उपसूचकमा मात्रै हरियाली, १२ फण्डको इकाईमूल्य वृद्धि
New Office

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा १५.४१ अंकको गिरावट आएको छ । नेप्से परिसूचक १९६९ विन्दुमा झरेको छ ।  

नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज म्युचुअल फण्ड उपसूचक मात्रै चम्किएको छ । नेप्सेमा कुल ३३ वटा म्युचुअल फण्डहरु सूचीकृत छन् । आज १२ वटा फण्डको इकाईमूल्य वृद्धि भएको छ भने १६ वटा फण्डको घटेको छ । त्यस्तै, ५ वटा फण्डको मूल्य भने तटस्थ रहेको छ ।  

म्युचुअल फण्ड उपसूचक ०.०२ प्रतिशतले वृद्धि हुँदा १२ वटा फण्डको इकाईमूल्य बढेको छ । सर्वाधिक कमाउने अर्थात इकाईमूल्य बढ्ने फण्डमा प्रभु स्मार्ट फण्ड रहेको छ । फण्डको इकाईमूल्य ५.८० प्रतिशतले वृद्धि भई ८.९४ रुपैयाँ पुगेको छ ।  

त्यस्तै, कुमारी धनबृद्धि योजनाको ५.३३ प्रतिशत, एनआइसी एशिया ग्रोथ फण्ड–२ को ३.०७ प्रतिशत, लक्ष्मी भ्यालु फण्ड–२ को २.९४ प्रतिशत, लक्ष्मी उन्नती कोषको १.९८ प्रतिशत, सिटिजन म्युचुअल फण्ड–१ को १.७३ प्रतिशत, कुमारी इक्वटी फण्डको १.२३ प्रतिशत, नबिल ब्यालेन्स्ड फण्ड–३ को १.६७ प्रतिशत, मेगा म्युचुअल फण्ड–१ को ०.१४ प्रतिशत, एनआइसी एशिया फ्लेक्सी क्याप फण्डको ०.१२ प्रतिशत, सानिमा इक्विटी फण्डको ०.१० प्रतिशत र सिद्धार्थ इक्विटी फण्डको ०.६२ प्रतिशतले इकाईमूल्य वृद्धि भएको छ ।  

त्यस्तै, आज सर्वाधिक गुमाउने फण्डमा भने एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड–२ रहेको छ । फण्डको इकाईमूल्य ३.६१ प्रतिशतले घटेर ८.८२ रुपैयाँ कायम भएको छ ।  

त्यस्तै, ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड–१ को १.०८ प्रतिशत, हिमालयन ८०–२० को ०।८१ प्रतिशत, नबिल ब्यालेन्स्ड फण्ड–२ को ०.६४ प्रतिशत, एनआईबीएल ग्रोथ फण्डको ०.५१ प्रतिशत, एलआइसी एशिया ब्यालेन्स्ड फण्डको ०.२५ प्रतिशत, एनआइसी एशिया सेलेक्ट फण्ड–३० को ०.११ प्रतिशत, एनएमबी ५० को ०.१० प्रतिशत, प्रभु स्मार्ट फण्डको १.०५ प्रतिशत, आरबीबी म्युचुअल फण्ड–२ को १.११ प्रतिशत, सानिमा ग्रोथ फण्डको १.२६ प्रतिशत, सनराईज ब्लुचिप फण्डको ०.३९ प्रतिशत, सनराईज फोकस्ड इक्विटी फण्डको १.७८ प्रतिशत, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को ०.६४ प्रतिशत, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ को १.९४ प्रतिशत र सानिमा लार्ज क्याप फण्डको १.७६ प्रतिशतले घटेको छ ।  

पछिल्लो समय म्युचुअल फण्डहरुले सेयरबजारमा लगानी बढाउँदै लगेका छन् । सेयरबजारमा आक्रामक सुधार नदेखिदा फण्डहरुको न्याभ घट्दो अवस्थामा छ । बजारले लय समात्न नसक्दा अधिकांश म्युचुअल फण्डले भनेजस्तो नाफा आर्जन गर्न सकिरहेका छैनन् । तर पछिल्लो तथ्याङ्कअनुसार फण्डहरुले घट्दो बजारलाई मध्यनजर गर्दै लगानीको दायरा भने फराकिलो बनाएका छन् ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.