काठमाण्डौ । सानिमा माई र्हाईड्रोपावर लिमिटेडको महाप्रबन्धकमा गृष्म ओझा पुनःनियुक्त भएका छन् । कम्पनीको वैशाख ११ गते बसेको सञ्चालक समितिको बैठकले ओझालाई आगामी ४ वर्षका लागि महाप्रबन्धकमा पुनःनियुक्त गर्ने निर्णय गरेको हो ।
उनलाई आगामी जेठ १५ गतेबाट लागू हुने गरी महाप्रबन्धक पदमा नियुक्त गर्ने निर्णय गरिएको कम्पनीले जनाएको छ । ओझा यसअघि विस २०७७ जेठ ११ गते महाप्रबन्धकमा नियुक्त भएका थिए ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।