काठमाण्डौ । बुधबार सेयरबजारमा ४ अर्ब ४१ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ३ वटाबाट मात्रै खरिद भएको छ भने ७ वटाबाट उच्च बिक्री चाप देखिएको छ ।
उच्च खरिद गर्ने ब्रोकरमा नासा सेक्युरिटिज, क्यापिटल म्याक्स सेक्युरिटिज र प्रिमियर सेक्युरिटिज मात्रै रहेका छन् ।
त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकरहरुमा सनि सेक्युरिटिज, अनलाइन सेक्युरिटिज, आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, डायनामिक मनि म्यानेजर्स, भिजन सेक्युरिटिज र त्रिशक्ति सेक्युरिटिज रहेका छन् ।
आज सर्वाधिक कारोबार गर्ने ब्रोकरमा नासा सेक्युरिटिज रहेको छ । उक्त ब्रोकरबाट ६८ करोड १६ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ५३।३८ प्रतिशत सेयर खरिद भएको छ भने ४६।६२ प्रतिशत सेयर बिक्री भएको

छ ।

