बिहीबार, श्रावण २८,२०८३ 01:47:57
Bizshala
  • बिहीबार, श्रावण २८,२०८३ 01:47:57
Bizshala
Global IME Bank Limited

आज पनि झिनो अंकले घट्यो नेप्से, जानकार भन्छन्,‘बढ्दो आपूर्तिलाई बजारले थेग्न सक्ने अवस्था छैन’

Prabhu Bank Limited
आज पनि झिनो अंकले घट्यो नेप्से, जानकार भन्छन्,‘बढ्दो आपूर्तिलाई बजारले थेग्न सक्ने अवस्था छैन’
New Office

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा झिनो गिरावट आएको छ । आज नेप्से परिसूचक ३.२४ अंकले घटेर १ हजार ९६५.९३ विन्दुमा सीमित बनेको छ ।  

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.१० प्रतिशतले घटेर ३४८.१८ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०३ वटा कम्पनीको ६३ लाख १२ हजार ५५२ कित्ता सेयर २ अर्ब ३६ करोड ६९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे बजार जानकार प्रेम वली भन्छन्, ‘लगानीकर्ताहरु अझै पर्ख र हेरको अवस्थामै छन् । लगानीकर्ताले नीतिगत परिवर्तनको अपेक्षा गरेका छन् । लगानीकर्ताले अपेक्षा गरेजस्तो नीति नआउदा बजार उत्साह देखिएको छैन । ’

लगानीकर्ताको आत्मविश्वास घट्दा र नयाँ लगानीकर्तालाई लगानीको वातावरण नबन्दा बजारमा शिथिलता देखिएको वलीले बताए । वलीका अनुसार बजारमा नीतिगत सुधार देखिएमा बजारले पुनःगति लिनेछ ।  

अर्का बजार जानकार महेश रिजालले पनि लगानीकर्ताले अहिले मुख्य रुपमा नीतिगत सुधारको अपेक्षा गरेको बताए । पूँजीबजारमा कायम रहेको लगानीको सिमा नहटेसम्म बजारले गति नलिने रिजालले बताए । ‘अहिले बजारमा साइडवेज मै चलिरहेको छ र नीतिगत परिवर्तन नभएसम्म बजार यस्तै गरी चल्ने देखिन्छ । अहिले बजारमा मागभन्दा सप्लाई बढी देखिएको छ । बढ्दो सप्लाईलाई बजारले थेग्न सक्ने अवस्था अहिले छैन, ’ उनले भने ।    

दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ५ वटा समूहमा मात्रै हरियाली छायो भने अन्य सबै समूहमा रातो पोतियो । आज वित्त समूहमा सबैभन्दा धेरै वृद्धि देखियो । यो समूह आज ३.१३ प्रतिशतले बढ्यो भने जीवन बीमा ०.४४ ,म्युचुअल फण्ड ०.४५ निर्जीवन बीमा ०.२० र व्यापार समूह ०.११ प्रतिशतले बढ्यो ।  

आज बैंकिङ समूह ०.१९, विकास बैंक ०.१९, होटल ०.४३,हाईड्रो ०.४६,लगानी ०.३०,उत्पादन तथा प्रशोधन ०.७१,लघुवित्त ०.३६ र अन्य समूह ०.३५ प्रतिशतले घटे ।

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन पनि पोखरा फाइनान्सको सर्वाधिक सेयर कारोबार  भयो । आज यो कम्पनीको ११ करोड २६ लाख बढीको सेयर कारोबार  भयो ।  

त्यस्तै मल्टीपर्पस फाइनान्सको ९ करोड ४० लाख,पिपुल्स पावरको ८ करोड ५९ लाख,गोर्खाज फाइनान्सको ८ करोड ६ लाख र आइएमई लाइफको ७ करोड ५९ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

यो दिन एउटा मात्रै कम्पनी अर्थात मल्टीपर्पस फाइनान्सको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । यो कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले बढ्यो ।  

आज पोखरा फाइनान्सको सेयरमूल्य ८.०५ प्रतिशत र स्वाभिमान लघुवित्तको सेयरमूल्य ६.७६ प्रतिशतले बढ्यो ।  

आज सबैको लघुवित्तको सेयरमूल्य सर्वाधिक घट्यो । यो कम्पनीको सेयरमूल्य ६.०९ प्रतिशतले घटेको आज माईखोला हाईड्रोका ५.४५,एनआरएन इन्फ्रास्ट्रक्चरको ५.१० र मानुषी लघुवित्तको सेयरमूल्य ३.९४ प्रतिशतले घट्यो ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.