काठमाण्डौ । ज्योति क्यापिटल लिमिटेडको स्वतन्त्र सञ्चालकमा प्रा.डा. ध्रुवकुमार गौतम र सीए मन्दिप वशिष्ठ नियुक्त भएका छन् । कम्पनीको वैशाख १३ गते सम्पन्न सञ्चालक समितिको बैठकले दुईजनालाई क्यापिटलको स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरेको हो ।
त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय विभागका प्राध्यापक डा.गौतमले रणनितीक व्यवस्थापनमा विद्यावारिधि तथा व्यवस्थापन र सार्वजनिक प्रशासनमा स्नातकोत्तर गरेका छ । प्रा.डा. गौतमसँग एशियन इन्टिच्युट अफ टेक्नोलोजि थाईल्याड को याडजन्ट प्राध्यापक, विरला इन्टिच्युट अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजिको केस अध्ययन केन्द्रको बोर्ड सदस्य, डङ– ए विश्वविद्यालय दक्षिण कोरियाको भिजिटिङ प्राध्यापक, टेक्सास क्रिष्चियन विश्वविद्यालयको रिसर्च असोसियट भई कार्य गरेको अनुभव रहेको छ ।
निवनियुक्त स्वतन्त्र सञ्चालकद्धय प्रा.डा.ध्रुवकुमार गौतम र सीए मन्दिप वशिष्ठलाई क्यापिटलका अध्यक्ष प्रकाश बरालले पद तथा गोपनियताको सपथ गराएका छन् ।