बिहीबार, असार २५,२०८३ 07:38:34
Bizshala
  • बिहीबार, असार २५,२०८३ 07:38:34
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेपाली उद्यमी दीपजंग थापाको कम्पनी भारतीय सेयरबजारमा सूचीकृत, आईपीओ २०५ गुणा बढीले ओभरसब्सक्राइब्ड

Laxmi Sunrise Bank Limited
नेपाली उद्यमी दीपजंग थापाको कम्पनी भारतीय सेयरबजारमा सूचीकृत, आईपीओ २०५ गुणा बढीले ओभरसब्सक्राइब्ड

काठमाण्डौ । नेपाली उद्यमी दीपजंग थापा सह–संस्थापक रहेको भारतस्थित साइबर सुरक्षा कम्पनी क्रतिकल टेक लिमिटेडको प्राथमिक सेयर निष्कासन (आईपीओ) ले भारतीय पुँजी बजारमा उल्लेखनीय सफलता हासिल गरेको छ। कम्पनीको आईपीओ बम्बई स्टक एक्सचेन्ज (बीएसई) मा २०५.०८ गुणा ओभरसब्सक्राइब भएको छ।

भारतीय सेयर बजारमा नेपाली उद्यमीसँग सम्बन्धित कम्पनीको यो पहिलो उल्लेखनीय सूचीकरणका रूपमा यसलाई हेरिएको छ। कम्पनीको आईपीओ असार १६ गते खुला भई असार १८ गते बन्द भएको थियो।

सन् २०१३ मा इन्जिनियरिङ अध्ययनका क्रममा तीन कलेज साथीहरू दीपजंग थापा, पवन कुमार र परतोष कुमारले स्थापना गरेको क्रतिकल टेक लिमिटेड अहिले अत्याधुनिक साइबर सुरक्षा समाधान प्रदान गर्ने अग्रणी कम्पनीका रूपमा स्थापित भएको छ।

नेपालको खोटाङ मूल घर भएका दीपजंग थापा कम्पनीमा प्रमुख सञ्चालन अधिकृत (सीओओ)को जिम्मेवारीमा छन्। उनले भारतको मोतीलाल नेहरू राष्ट्रिय प्रविधि संस्थान (एमएनएनआईटी) बाट बीटेक गरेका छन्। उद्यमशील यात्राअघि उनले डिजिटल भुक्तानी कम्पनी पेटीएममा प्रडक्ट म्यानेजरका रूपमा काम गरेका थिए।

New Office
CG Motors
Garima Development Bank

आईपीओ सफलतापछि थापाले आफ्नो यात्रालाई प्रेरणादायी उपलब्धिका रूपमा वर्णन गरेका छन्। ‘खोटाङको पहाडदेखि बम्बई स्टक एक्सचेन्जको ट्रेडिङ फ्लोरसम्मको यात्रा मेरा लागि सपनाजस्तै हो। लगानीकर्ताको उत्साहले हाम्रो सोच र प्रयासलाई थप ऊर्जा दिएको छ। यो आईपीओ अन्तिम लक्ष्य होइन, हाम्रो दीर्घकालीन यात्राको सुरुवात हो,’ उनले भने।

उनका अनुसार नयाँ पूँजीमार्फत कम्पनीले विश्वव्यापी विस्तारलाई तीव्र बनाउने, प्रविधि प्लेटफर्मलाई अझ सुदृढ गर्ने र अन्तर्राष्ट्रिय साइबर सुरक्षा क्षेत्रमा आफ्नो प्रभाव विस्तार गर्ने योजना बनाएको छ।

क्रतिकल टेकको स्थापना एउटा व्यक्तिगत साइबर सुरक्षा घटनाबाट प्रेरित भएर भएको थियो। कम्पनीका संस्थापकहरूमध्ये एकको कलेजको साझा कम्प्युटर प्रणालीसँग जोडिएको इमेल ह्याक भएपछि उनीहरूले सुरक्षित डिजिटल पूर्वाधारको आवश्यकता महसुस गरेका थिए। यही अनुभवले उनीहरूलाई संस्थागत स्तरका साइबर सुरक्षा समाधान विकास गर्ने दिशामा अघि बढाएको थियो।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

हाल कम्पनीले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) आधारित तथा सफ्टवेयर–एज–अ–सर्भिस प्रविधिमा आधारित साइबर सुरक्षा प्लेटफर्म उपलब्ध गराउँदै आएको छ। यसले बैंकिङ, वित्तीय सेवा तथा बीमा, फिनटेक, दूरसञ्चार, आईटी सेवा, स्वास्थ्य सेवा, औषधि, ई–कमर्स र उत्पादन क्षेत्रका ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।

भारतसँगै मध्यपूर्वलगायत अन्तर्राष्ट्रिय बजारमा समेत विस्तार गरिरहेको कम्पनीको मूल्यांकन करिब ३२३ करोड नेपाली रुपैयाँ पुगेको जनाइएको छ। आईपीओबाट प्राप्त पुँजीलाई कम्पनीले अमेरिका, मध्यपूर्वलगायतका क्षेत्रमा विस्तार तथा नयाँ प्रविधि विकासमा प्रयोग गर्ने योजना बनाएको छ।

नेपालमा साइबर सुरक्षा क्षेत्रमा आफ्नो उपस्थिति विस्तार गर्ने क्रममा क्रतिकल टेकले काठमाण्डौस्थित प्रविधि कम्पनी ग्याप टेक्नोलोजीजसँग समेत सहकार्य गरेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.