सोमबार, असार १६,२०८२ 05:10:54
  • सोमबार, असार १६,२०८२ 05:10:54
Global IME Bank Limited

तीन दिनपछि बढ्यो नेप्से, जानकार भन्छन्,‘बजार बढिहाल्यो भन्न हतार हुनसक्छ’

Hyundai Nepal
तीन दिनपछि बढ्यो नेप्से, जानकार भन्छन्,‘बजार बढिहाल्यो भन्न हतार हुनसक्छ’
Nabil Bank Limited

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) दोहोरो अंकले वृद्धि भएको छ । आज ३ दिनपछि नेप्से परिसूचक ०.७२ प्रतिशत अर्थात १४.३३ अंकलेबढेर १ हजार ९८०.२७ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.७५ प्रतिशतले बढेर ३५०.८० विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०८ वटा कम्पनीको ६८ लाख ७८ हजार १५९ कित्ता सेयर २ अर्ब ६८ करोड २५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे अर्थशास्त्री सूर्यनारायण पौडेल भन्छन्, ‘लगानीकर्ताहरुको माग लगानी सम्मेलन पछि सम्बोधन हुने सहमति बनेको छ । यसका साथै आज एनआईसी एशिया बैंकको सेयरमूल्य घट्न रोकिएकाले पनि बजारमा बढोत्तरी आएको हो । आज अल्पकालिन लगानीकर्ता पनि लामो समयदेखि घटेको बजारमा प्रवेश गरेकाले बजारमा सुधार देखिएको हो ।’

तर दीर्घकालमा बजार बढ्न भने नीतिमा नै सुधार हुनुपर्ने पौडेल बताउछन् ।  

अर्का बजार जानकार महेश रिजालको विचारमा पनि आज बजार घट्न रोकिएको मान्न सकिन्छ । ‘लगानीकर्ताका माग सम्बोधन भएका खण्डमा बजार यहि नै बटम हो । आजको मात्रै बढाईले बजार बढिहाल्यो भन्न हतार हुनसक्छ ।’ उनले भने ।  

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये व्यापार समूह बाहेक अन्य सबे समूहमा हरियाली छायो ।  

CG Motors
Muktinath Bikas Bank Limited

आज फाइनान्स समूह सबैभन्दा धेरै अर्थात ३.९८ प्रतिशतले वृद्धि भएको छ । बैंकिङ समूह ०.२४ प्रतिशतले बढेको आज विकास बैंक २.२३,होटल ०.७७,हाईड्रोपावर ०.४३,लगानी ०.४५,जीवन बीमा ०.७२,उत्पादन तथा प्रशोधन ०.०७,लघुवित्त १.४०,म्युचुअल फण्ड ०.४१,निर्जीवन बीमा १.०६ र अन्य समूह०.६५ प्रतिशतले बढ्यो ।  

आज व्यापार समूह ०.३४ प्रतिशतले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन पोखरा फाइनान्सको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज १३ करोड ५ लाख बढीको सेयर कारोबार भयो ।  

त्यस्तै मल्टीपर्पस फाइनान्सको १० करोड ९९ लाख,पिपुल्स पावरको ९ करोड ८५ लाख,गोर्खाज फाइनान्सको ८ करोड ५८ लाख र नेपाल फाइनान्सको ६ करोड ७३ लाख बढीको सेयर कारोबार  भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

यो दिन पोखरा फाइनान्सको सेयरमूल्य सर्वाधिक अर्थात ९.८४ प्रतिशतले बढ्यो । आज प्रोग्रसिभ फाइनान्सको सेयरमूल्य ७.६२,श्री इन्भेष्टमेन्टको ६.८० प्रतिशत,वेष्ट फाइनान्सको ६.७८ र किसान लघुवित्तको सेयरमूल्य ५.९३ प्रतिशतले बढ्यो ।  

आज रिभर फल्स पावरको सेयरमूल्य सर्वाधिक अर्थात ४.६३ प्रतिशतले घट्यो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.