बिहीबार, श्रावण २८,२०८३ 12:54:56
Bizshala
  • बिहीबार, श्रावण २८,२०८३ 12:54:56
Bizshala
Global IME Bank Limited

तीन दिनपछि बढ्यो नेप्से, जानकार भन्छन्,‘बजार बढिहाल्यो भन्न हतार हुनसक्छ’

Prabhu Bank Limited
तीन दिनपछि बढ्यो नेप्से, जानकार भन्छन्,‘बजार बढिहाल्यो भन्न हतार हुनसक्छ’
New Office

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) दोहोरो अंकले वृद्धि भएको छ । आज ३ दिनपछि नेप्से परिसूचक ०.७२ प्रतिशत अर्थात १४.३३ अंकलेबढेर १ हजार ९८०.२७ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.७५ प्रतिशतले बढेर ३५०.८० विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०८ वटा कम्पनीको ६८ लाख ७८ हजार १५९ कित्ता सेयर २ अर्ब ६८ करोड २५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे अर्थशास्त्री सूर्यनारायण पौडेल भन्छन्, ‘लगानीकर्ताहरुको माग लगानी सम्मेलन पछि सम्बोधन हुने सहमति बनेको छ । यसका साथै आज एनआईसी एशिया बैंकको सेयरमूल्य घट्न रोकिएकाले पनि बजारमा बढोत्तरी आएको हो । आज अल्पकालिन लगानीकर्ता पनि लामो समयदेखि घटेको बजारमा प्रवेश गरेकाले बजारमा सुधार देखिएको हो ।’

तर दीर्घकालमा बजार बढ्न भने नीतिमा नै सुधार हुनुपर्ने पौडेल बताउछन् ।  

अर्का बजार जानकार महेश रिजालको विचारमा पनि आज बजार घट्न रोकिएको मान्न सकिन्छ । ‘लगानीकर्ताका माग सम्बोधन भएका खण्डमा बजार यहि नै बटम हो । आजको मात्रै बढाईले बजार बढिहाल्यो भन्न हतार हुनसक्छ ।’ उनले भने ।  

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये व्यापार समूह बाहेक अन्य सबे समूहमा हरियाली छायो ।  

आज फाइनान्स समूह सबैभन्दा धेरै अर्थात ३.९८ प्रतिशतले वृद्धि भएको छ । बैंकिङ समूह ०.२४ प्रतिशतले बढेको आज विकास बैंक २.२३,होटल ०.७७,हाईड्रोपावर ०.४३,लगानी ०.४५,जीवन बीमा ०.७२,उत्पादन तथा प्रशोधन ०.०७,लघुवित्त १.४०,म्युचुअल फण्ड ०.४१,निर्जीवन बीमा १.०६ र अन्य समूह०.६५ प्रतिशतले बढ्यो ।  

आज व्यापार समूह ०.३४ प्रतिशतले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन पोखरा फाइनान्सको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज १३ करोड ५ लाख बढीको सेयर कारोबार भयो ।  

त्यस्तै मल्टीपर्पस फाइनान्सको १० करोड ९९ लाख,पिपुल्स पावरको ९ करोड ८५ लाख,गोर्खाज फाइनान्सको ८ करोड ५८ लाख र नेपाल फाइनान्सको ६ करोड ७३ लाख बढीको सेयर कारोबार  भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

यो दिन पोखरा फाइनान्सको सेयरमूल्य सर्वाधिक अर्थात ९.८४ प्रतिशतले बढ्यो । आज प्रोग्रसिभ फाइनान्सको सेयरमूल्य ७.६२,श्री इन्भेष्टमेन्टको ६.८० प्रतिशत,वेष्ट फाइनान्सको ६.७८ र किसान लघुवित्तको सेयरमूल्य ५.९३ प्रतिशतले बढ्यो ।  

आज रिभर फल्स पावरको सेयरमूल्य सर्वाधिक अर्थात ४.६३ प्रतिशतले घट्यो ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.