बिहीबार, श्रावण २८,२०८३ 12:54:37
Bizshala
  • बिहीबार, श्रावण २८,२०८३ 12:54:37
Bizshala
Global IME Bank Limited

मनि फ्लो इन्डेक्समा बुलिस डाइभर्जेन्स, सम्हालिने प्रयासमा बजार

Prabhu Bank Limited
मनि फ्लो इन्डेक्समा बुलिस डाइभर्जेन्स, सम्हालिने प्रयासमा बजार
New Office

काठमाण्डौं । आज नेप्से परिसूचक १ हजार ९८० को विन्दुमा बन्द भएको छ । गत माघ ३ गते ४ महिनाको उच्च विन्दु २ हजार २२० बाट घटेको बजार आज बजार १ हजार ९८० विन्दुमा बन्द भएको हो ।  

बजारले यसपटक पनि १९५० आसपास बेस बनाएको देखिन्छ । आज दिनभर सामान्य अंकले तल माथि गरेको बजार अन्त्यमा करिब १५ अंकले बढेर बन्द भयो । बजार बढ्दा आज कारोबार पनि बढेको छ । पछिल्लो पटकको बजारलाई मनी फ्लो इन्डेक्स अर्थात बजारमा पैसाको प्रवाहमार्फत हेर्दा बजारमा प्रष्ट रुपमा बुलिस डाइभर्जेन्स बनेको देखिन्छ ।  

यो भनेको नेप्से घट्दै जाँदाको अवस्थामा कारोबार बढ्दै गएको छ भन्ने हो । मनी फ्लो इन्डेक्स किन बढी विश्वासिलो हुन्छ भने यसले भोल्युम र कारोबार दुवैलाई इन्डिकेट गर्छ । यदि मनि फ्लो इन्डेक्स २० भन्दा तल भएमा ओभर सोल्ड जोन र ८० भन्दा माथि भएमा ओभर बट जोन भनिन्छ ।  

हाल बजार १४ को तहबाट पर्केर ३३ को तहमा पुगि सकेको छ । यसले बजार घटेता पनि कारोबार बढेको छ भन्ने बुझाउँछ । पछिल्लो ५ दिनको कारोबारलाई नियाल्दा बजार १९६० भन्दा माथि टिकेको छ । यस हिसाबले प्राविधिक रुपमा हेर्दा बजार विस्तारै सम्हालिन थालेको देखिन्छ । यदि आगामी दिनमा बजार २ हजार भन्दा माथि कारोबार भएको खण्डमा हालको लागि १९६० नै न्यून विन्दु हुने छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.