बिहीबार, श्रावण २८,२०८३ 12:56:00
Bizshala
  • बिहीबार, श्रावण २८,२०८३ 12:56:00
Bizshala
Global IME Bank Limited

हिमालयन लघुवित्तको नाफा १.१३ करोड, खराब कर्जा अनुपातमा सामान्य गिरावट

Prabhu Bank Limited
हिमालयन लघुवित्तको नाफा १.१३ करोड, खराब कर्जा अनुपातमा सामान्य गिरावट
New Office

 काठमाण्डौ । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तैस्रो त्रैमाससम्ममा १ करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम गत आवको सोहि अवधिको त्ुलनामा ७३.८७ प्रतिशतले धेरै हो । गत आवको तेस्रो त्रैमाससम्म संस्थाले ६५ लाख ५५ हजार रुपैयाँ घाटा व्यहोरेको थियो ।  

संस्थाको खुद ब्याज आम्दानीमा पनि वृद्धि भएको छ । संस्थाले अघिल्लो आवको तुलनामा खुद ब्याज आम्दानी ४.४६ प्रतिशतले बढाएको छ । संस्थाको खुद ब्याज आम्दानी १५ करोड ९८ लाख रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म संस्थाले १ करोड ६२ लाख रुपैयाँबराबरको सञ्चालन मुनाफा आर्जन गरेको छ । संस्थाको कर्मचारी खर्च १३ करोड १४ लाख र अन्य सञ्चालन खर्च ४ करोड १९ लाख रुपैयाँ रहेको छ ।  

संस्थाको रिजर्भको आकार ६.७४ प्रतिशतले बढेर ९ करोड ८७ लाख रुपैयाँ पुगेको छ । संस्थाको निक्षेप संलकन ९२ करोड ९४ लाख र कर्जा प्रवाह ४ अर्ब ९ करोड रुपैयाँ रहेको छ ।  

संस्थाको खराब कर्जा अनुपातमा केहि कमी आएको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म ४.९१ प्रतिशत रहेको खराब बर्जा अनुपात घटेर ४.६१ प्रतिशतमा सीमित बनेको छ । संस्थाले इम्पेयरमेन्ट चार्जका लागि १७ लाख ६० हजार रुपैयाँ छुट्टाएको छ ।  

संस्थाको वितरणयोग्य मुनाफा ६२ लाख ९ हजार मात्रै रहेको छ ।    

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस) ४.७५ रुपैयाँ,प्रतिसयर नेटवर्थ १२६.४६ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ४९५.६२ रुपैयाँ,मूल्य आम्दानी अनुपात १५२.५८गुणा र तरलता अनुपात १५.०८ प्रतिशत रहेको छ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.