सोमबार, श्रावण ४,२०८३ 10:34:37
Bizshala
  • सोमबार, श्रावण ४,२०८३ 10:34:37
Bizshala
Global IME Bank Limited

नेप्से साप्ताहिक समीक्षा: सेयरबजार उकालो, डिबेञ्चर र हाइड्रो कम्पनीका लगानीकर्ता मालामाल !

नेप्से साप्ताहिक समीक्षा: सेयरबजार उकालो, डिबेञ्चर र हाइड्रो कम्पनीका लगानीकर्ता मालामाल !
New Office

काठमाण्डौ । यस साता नेप्से परिसूचक २६७७.५४ विन्दुमा पुगेर बन्द भयो । यो विन्दु अघिल्लो बन्दको तुलनामा ७६.७६ अंक अर्थात् (२.९५%) ले वृद्धि हो । गत साता नेप्से परिसूचक २६००.७८ अंकमा बन्द भएको थियो ।  

यस साता नेप्से परिसूचकले २,६७७.६४ अंकको उच्चतम बिन्दु र २,५४६.६९ अंकको न्यूनतम बिन्दु कायम ग¥यो । यस अवधिमा परिसूचकमा १३०.९५ अंकको उतारचढाव देखियो । अघिल्लो सातामा भने परिसूचकको उतारचढाव ६८.७९ अंक रहेको थियो ।

शुक्रबार नेप्सेले ७९.७४ अंकको सबैभन्दा ठूलो इन्ट्राडे कायम गर्यो । उक्त दिनको कारोबार रकम ४ अर्ब ५७ करोड रुपैयाँ पुगेको थियो । यस साताभरको कुल कारोबार रकम भने २९ अर्ब १९ करोड रुपैयाँ रहेको छ ।

यस साताको अन्तिम कारोबार दिन सेयरबजारमा २.९५ प्रतिशतको बढोत्तरीले सबै समूहमा हरियाली छायो । सर्वाधिक वृद्धि हुनेमा निर्जीवन बीमा समूह रह्यो । यो समूह ३.७६ प्रतिशतले बढ्यो ।  

त्यस्तै, बैंकिङ समूह ३.२१ प्रतिशत, विकास बैंक समूह ३.१२ प्रतिशत, होटल तथा पर्यटन समूह २.२० प्रतिशत, फाइनान्स समूह ३.१२ प्रतिशत, हाइड्रो समूह २.९३ प्रतिशत, लगानी समूह ३.४१ प्रतिशत, जीवन बीमा समूह २.८७ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ३.४७ प्रतिशत, माइक्रोफाइनान्स समूह २.५३ प्रतिशत, म्युचुअल फण्ड समूह १.१६ प्रतिशत, व्यापार समूह ०.९१ प्रतिशत र अन्य समूह २.६९ प्रतिशतले बढ्यो ।

सर्वाधिक कमाउने शीर्ष १० स्टक  

यो साता सर्वाधिक डिबेञ्चरहरुको इकाईमूल्य बढ्न पुग्यो । सर्वाधिक कमाउनेमा १०.२५ प्रतिशत प्रभु बैंक २०८६ डिबेञ्चर रह्यो । यो ऋणपत्रको मूल्य २४.२६ प्रतिशतले बढ्यो ।  

त्यस्तै, थ्रीस्टार हाइड्रोको १९.१२ प्रतिशत, १०.२५% केबीएल डिबेञ्चरको २०८६ को १७.५८ प्रतिशत, पियोर इनर्जीको १६.९४ प्रतिशत, एनआईबीएल ग्रोथ फण्डको १४.८४ प्रतिशत, नारायणी डेभलपमेन्ट बैंकको १४.५८ प्रतिशत, श्रीनगर एग्रिटेक इन्डष्ट्रिजको १३.३८ प्रतिशत, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको १२.३८ प्रतिशत, सांग्रिला डेभलपमेन्ट बैंक डिबेञ्चर २०८७ को ११.५९ प्रतिशत र एनएमबी डिबेञ्चर १०.७५% २०८९÷९० को ११.२० प्रतिशतले बढ्यो ।  

सर्वाधिक गुमाउने शीर्ष १० कम्पनी

यो साता सर्वाधिक गुमाउनेमा भने उपकार लघुवित्त रहेको छ । यो कम्पनीको सेयरभाउ ११.०९ प्रतिशतले घट्न पुग्यो ।  

त्यस्तै, कुथेली बुखरी स्मल हाइड्रोको ९.४८ प्रतिशत, कुमारी इक्विटी फण्डको ७.३५ प्रतिशत, कर्पोरेट डेभलपमेन्ट बैंकको ७.१० प्रतिशत, ९% नेपाल एसबिआई बैंक ऋणपत्र २०८९ को ६.५० प्रतिशत, एपोलो हाइड्रोको ५.८९ प्रतिशत, एनआइसी एशिया फ्लेक्सी क्याप फण्डको ५.२१ प्रतिशत, आत्मनिर्भर लघुवित्तको ४.६१ प्रतिशत, १०% सिटिजन्स बैंक डिबेञ्चर २०९० को ४.०८ प्रतिशत र ११% केबीएल डिबेञ्चर २०८९ को ३.०६ प्रतिशतले घट्न पुग्यो ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.