काठमाण्डौ । कालिञ्चोक दर्शन लिमिटेडले गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले ५ करोड ७६ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले आर्जन गरेको ४ करोड ९६ लाखको तुलनामा १६.०९ प्रतिशतले बढी हो ।
यो अवधिका कम्पनीको आम्दानी पनि ३५.७४ प्रतिशतले बढेको छ । कम्पनीले समीक्षा अवधिमा ८ करोड ५९ लाख रुपैयाँबराबरको कुल आम्दानी गरेको छ ।
यस्तै कम्पनीले ३रोड ६१ लाख रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ । यो अवधिमा कम्पनीको वित्त खर्च बढेको छ । अघिल्लो आवमा ४० लाख ९६ हजार रहेको कम्पनीको वित्त खर्च बढेर ५१ लाख ६८ हजार पुगेको छ ।
यो अवधिमा कम्पनीको रिजर्भ पनि बढेर ५ करोड ८० लाख पुगेको छ । अघिल्लो आव कम्पनीको रिजर्भ ५ करोड १८ हजार रुपैयाँ थियो ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ९.१६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १०९.२१, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १२२.५३, मूल्य आम्दानी अनुपात ८५.६२ गुणा र तरलता अनुपात १.७७ प्रतिशत कायम भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।