बिहीबार, श्रावण २१,२०८३ 11:51:51
Bizshala
  • बिहीबार, श्रावण २१,२०८३ 11:51:51
Bizshala
Global IME Bank Limited

युनिक नेपाल लघुवित्त ५.१० करोड नाफामा, आम्दानी र ईपीएस कति ?

युनिक नेपाल लघुवित्त ५.१० करोड नाफामा, आम्दानी र ईपीएस कति ?
New Office

काठमाण्डौ । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड घाटाबाट बाहिरिदै नाफा आर्जन गर्न सफल भएको छ । संस्थाले गत आवको चौथो त्रैमाससम्म ५ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म भने संस्था ३ करोड ८६ लाख रुपैयाँ घाटामा थियो ।  

संस्थाको खुद ब्याज आम्दानी बढेको छ । संस्थाको खुद ब्याज आम्दानी अघिल्लो आवको तुलनामा १०.६९ प्रतिशतले बढेको छ । चौथो त्रैमाससम्ममा संस्थाले २६ करोड १३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ।  

समीक्षा अवधिसम्म संस्थाको खुद सञ्चालन आम्दानी २२.१४  प्रतिशतले बढेर २० करोड ६९ लाख रुपैयाँ पुगेको छ । संस्थाको सञ्चालन खर्च बढेको छ । सञ्चालन खर्च १३ करोड ९१ लाख रुपैयाँबाट बढेर १४ करोड २१ लाख रुपैयाँ पुगेको छ ।  

संस्थाको रिजर्भको आकार ६.५७ प्रतिशतले बढ्दै १७ करोड ५६ लाख रुपैयाँ पुगेको छ । संस्थाको रिटेन्ड अर्निङ ४ करोड ३६ लाख रुपैयाँ रहेको छ । संस्थाको निक्षेप संलकन २ अर्ब ८९ करोड र कर्जा प्रवाह ३ अर्ब ३२ करोड रुपैयाँ रहेको छ ।  

अघिल्लो आवमा इम्पेयरमेन्ट चार्जका लागि ११ करोड ८२ लाख रुपैयाँ छुट्टाएको संस्थाले समीक्षा अवधिा भने १० करोड ८६ लाख रुपैयाँको व्यवस्था गरेको छ । चौथो त्रैमाससम्म संस्थाको खराब कर्जा अनुपात केही बढेको छ । संस्थाको खराब कर्जा अनुपात १९.२५ प्रतिशतबाट बढेर १९.४३ प्रतिशत पुगेको छ ।  

यस्तै संस्थाको वितरणयोग्य मुनाफा ४ करोड ३६ लाख र लाभांश क्षमता २९.३७ प्रतिशत रहेको छ ।    

समीक्षा अवधिसम्म संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी(ईपीएस) ३४.३९ रुपैयाँ, प्रतिसयर नेटवर्थ २४७.५९ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य २६०६.८२ रुपैयाँ,मूल्य आम्दानी अनुपात ३७.०७ गुणा र तरलता अनुपात ८.४५ प्रतिशत कायम भएको छ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.