काठमाण्डौ । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा १८१.३५ प्रतिशतको बढोत्तरी आएको छ । संस्थाले गत आवको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै ७ करोड ६१ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको जनाएको छ । अघिल्लो आवको सोही अवधिसम्म भने संस्थाले २ करोड ७० लाख मात्रै खुद नाफा कमाएको थियो ।
संस्थाको खुद ब्याज आम्दानी पनि ३५.५५ प्रतिशतले बढेर १८ करोड ४९ लाख रुपैयाँ पुगेको छ । संस्थाको सञ्चालन मुनाफा पनि बढेको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म ४ करोड ३० लाख रुपैयाँ रहेको सञ्चालन मुनाफा बढेर १० करोड १९ लाख रुपैयाँ पुगेको छ ।
अघिल्लो आवमा ४ करोड ८७ लाख रुपैयाँ रहेको संस्थाको रिजर्भको आकार बढेर ७ करोड २८ लाख रुपैयाँ पुगेको छ । यस्तै रिटेन्ड अर्निङ पनि २ करोड ८७ लाखबाट बढेर ६ करोड ८० लाख पुगेको छ । संस्थाको खराब कर्जा अनुपात घटेको छ। संस्थाको खराब कर्जा अनुपात ५.७६ प्रतिशतबाट घटेर २.१६ प्रतिशत पुगेको छ ।
यस्तै संस्थाको इम्पेयरेमन्ट चार्ज १ करोड २ लाख रुपैयाँले रिभर्सल भएको छ ।
संस्थाले समीक्षा अवधिसम्म ५९ करोड ७७ लाख निक्षेप संकलन र २ अर्ब २० करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ । संस्थाको वितरणयोग्य मुनाफा ६ करोड ८० लाख र लाभांश क्षमता ५०.७८ प्रतिशत रहेको छ ।
समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस)५६.८२ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २०५.१३ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ७५५.६४ रुपैयाँ,मूल्य आम्दानी अनुपात ३२.१५ गुणा र तरलता अनुपात १०.७८ प्रतिशत कायम भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।