काठमाण्डौ । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रतिसेयर आम्दानी(ईपीएस) उल्लेख्य बढेको छ । गत आवको चौथो त्रैमाससम्म संस्थाको ईपीएस ५२.९३ रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने संस्थाको ईपीएस १५.०१ रुपैयाँमा सीमित थियो ।
यस्तै संस्थाको खुद नाफा २५२.७२ प्रतिशतले बढेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म १ करोड ५९ लाख रुपैयाँ रहेको संस्थाको खुद नाफा बढेर ५ करोड ६१ लाख पुगेको छ ।
संस्थाको खुद ब्याज आम्दानी २१.८० प्रतिशतले बढेर २१ करोड ५३ लाख रुपैयाँ पुगेको छ । संस्थाको खुद सञ्चालन आम्दानी २१ करोड ७६ लाख र सञ्चालन मुनाफा ८ करोड २ लाख रहेको छ । संस्थाले सम्भावित घाटाका लागि २ करोड ७४ लाख रुपैयाँको व्यवस्था गरेको छ । अघिल्लो आवमा यसका लागि संस्थाले ५ करोड ९ लाख रुपैयाँको व्यवस्था गरेको थियो ।
चौथो त्रैमाससम्म संस्थाको वितरणयोग्य मुनाफा ४८ लाख ८८ हजार र लाभांश क्षमता ४.६१ प्रतिशत पुगेको छ । अघिल्लो आवमा भने वितरणयोग्य मुनाफा ३ करोड ८३ लाखले ऋणात्मक र लाभांश क्षमता समेत ३६.१५ प्रतिशतले ऋणात्मक थियो ।
यो अवधिमा संस्थाको रिजर्भको आकार २१ करोड ३२ लाख रुपैयाँबराबर रहेको छ ।
समीक्षा अवधिसम्म १ अर्ब ६४ करोड रुपैयाँबराबरको निक्षेप संकलन गरेको संस्थाले २ अर्ब ३० करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ । संस्थाको खराब कर्जा अनुपात बढेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म ४.८५ प्रतिशत रहेको खराब कर्जा अनुपात बढेर ९.९७ प्रतिशत पुगेको छ ।
समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर नेटवर्थ ३०५.५४ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २ हजार ७१५.७२ रुपैयाँ, मूल्य आम्दानी अनुपात ५२.९० गुणा र तरलता अनुपात १५.७६ प्रतिशत कायम भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।