काठमाण्डौ । युनियन हाईड्रो होल्डिङ लिमिटेडले गत आवको चौथो त्रैमाससम्म ३ करोड २६ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २४.६२ प्रतिशतले बढी हो । कम्पनीले अघिल्लो आवको सोही अवधिसम्म भने २ करोड ६२ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।
कम्पनीको कुल आम्दानी ७ करोड ५० लाखबाट बढेर ८ करोड १४ लाख पुगेको छ । कम्पनीको कुल अप्रत्यक्ष खर्च बढेको छ । अघिल्लो आवमा १ करोड ६३ लाख रहेको कुल अप्रत्यक्ष खर्च बढेर १ करोड ८६ लाख पुगेको छ ।
यस्तै कम्पनीको गैर सञ्चालन खर्च भने ३ करोड २५ लाखबाट घटेर ३ करोड १ लाखमा सीमित बनेको छ ।
७५ करोड रुपैयाँबराबरको चुक्तापूँजी भएको कम्पनीको कुल चालु सम्पत्ति १० करोड ७४ लाख, कुल चालु दायित्व ३१ लाख ५३ हजार र रिजर्भ कोष ३ करोड ७६ लाख रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ४.३६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १०५.०२ रुपैयाँ, पीई रेसियो ८६.६९ गुणा र तरलता अनुपात ८.९४ गुणा कायम भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।