काठमाण्डौ । अघिल्लो आवमा घाटामा रहेको पञ्चकन्या माई हाईड्रो लिमिटेड गत आवको चौथो त्रैमाससम्म नाफा कमाउन सफल भएको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म ६ करोड ६७ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ ।
अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी ६ करोड ८५ लाख रुपैयाँ घाटामा थियो । कम्पनीको विद्युत बिक्री आम्दानी बढेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म २९ लाख ३१ हजार रुपैयाँबराबरको विद्युत बिक्री आम्दानी गरेको कम्पनीले समीक्षा अवधिसम्म भने ३४ करोड ७१ लाख रुपैयाँबराबरको आम्दानी गरेको छ ।
यस्तै कम्पनीले १५ लाख ८ हजार रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ । कम्पनीको वित्त खर्च १३ करोड ५६ लाख रुपैयाँबाट घटेर १० करोड ११ लाखमा सीमित बनेको छ । यस्तै कम्पनीको कुल सञ्चालन खर्च भने ४ करोड ५२ लाखबाट घटेर ५ करोड १२ लाखमा सीमित बनेको छ । कम्पनीको रिजर्भ १८ करोड २६ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ६.०७ रुपैयाँ ,प्रतिसेयर नेटवर्थ ८३.३९ रुपैयाँ,र तरलता अनुपात ०.६८ प्रतिशत कायम भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।