सोमबार, श्रावण २५,२०८३ 07:01:01
Bizshala
  • सोमबार, श्रावण २५,२०८३ 07:01:01
Bizshala
Global IME Bank Limited

नेपालमा भित्रियो Redmi Watch 6 Series, २४ दिनसम्म टिक्ने ब्याट्रीदेखि AMOLED डिस्प्लेसम्म

Prabhu Bank Limited
नेपालमा भित्रियो Redmi Watch 6 Series, २४ दिनसम्म टिक्ने ब्याट्रीदेखि AMOLED डिस्प्लेसम्म
New Office

 

काठमाण्डौ ।  ग्लोबल टेक्नोलोजी ब्रान्ड शाओमीले नेपाली बजारमा नयाँ Redmi Watch 6 Series सार्वजनिक गरेको छ। कम्पनीले यो सिरिजअन्तर्गत Redmi Watch 6, Redmi Watch 6 Lite र Redmi Watch 6 Active गरी तीनवटा मोडल नेपालमा ल्याएको हो।

नयाँ सिरिजमा आकर्षक डिजाइन, स्वास्थ्य अनुगमनका आधुनिक फिचर, स्पोर्ट्स ट्र्याकिङ तथा लामो समय टिक्ने ब्याट्रीलाई प्राथमिकता दिइएको कम्पनीले जनाएको छ।

Redmi Watch 6 मा २.०७ इन्च AMOLED डिस्प्ले

सिरिजको प्रमुख मोडल Redmi Watch 6 मा २.०७ इन्चको AMOLED डिस्प्ले दिइएको छ। यसको पिक ब्राइटनेस २,००० निट्ससम्म रहेको छ।

प्रिमियम एल्युमिनियम अलोय फ्रेमसहित आएको यो स्मार्टवाचले हल्का प्रयोगमा २४ दिनसम्म ब्याट्री ब्याकअप दिने कम्पनीको दाबी छ।

यसमा Dual L1 5-system GNSS, बहुआयामिक स्वास्थ्य अनुगमन प्रणाली तथा सहज प्रयोगका लागि डुअल-बटन नेभिगेसन उपलब्ध छ। स्वास्थ्य र गतिविधि ट्र्याकिङलाई थप सटीक बनाउने गरी विभिन्न सेन्सर तथा प्रविधि समावेश गरिएको छ।

Redmi Watch 6 मा 5ATM वाटर रेसिस्टेन्स समेत उपलब्ध छ।

Watch 6 Lite मा १५० भन्दा बढी स्पोर्ट्स मोड

Redmi Watch 6 Lite मा १.९६ इन्चको AMOLED डिस्प्ले दिइएको छ, जसको अधिकतम ब्राइटनेस १,५०० निट्ससम्म छ।

यो मोडलमा Bluetooth Calling, १५० भन्दा बढी स्पोर्ट्स मोड, मल्टी-सिस्टम स्याटेलाइट पोजिसनिङ, ९-अक्ष मोसन ट्र्याकिङ सेन्सर तथा प्रोफेसनल स्विम मोड उपलब्ध छन्।

यसमा पनि 5ATM वाटर रेसिस्टेन्स सुविधा दिइएको छ।

४७० एमएएच क्षमताको ब्याट्री रहेको Watch 6 Lite ले हल्का प्रयोगमा १८ दिनसम्म ब्याट्री ब्याकअप दिने कम्पनीको दाबी छ। यसमा हार्ट रेट सेन्सर, लाइट सेन्सर र एक्सेलेरेसन सेन्सरलगायतका सुविधा छन्।

Watch 6 Active मा पनि १८ दिनसम्म ब्याट्री

Redmi Watch 6 Active मा १.८५ इन्चको AMOLED डिस्प्ले छ। यसको पिक ब्राइटनेस १,२०० निट्ससम्म रहेको छ।

IP68 डस्ट तथा वाटर रेसिस्टेन्ससहित आएको यो मोडल ९.९ एमएमको स्लिम फ्ल्याट-एज डिजाइनमा तयार गरिएको छ। क्विक-रिलिज स्ट्र्यापका कारण दैनिक प्रयोगका लागि सहज हुने कम्पनीले जनाएको छ।

Watch 6 Active मा Bluetooth Calling सँगै दिनभर हार्ट रेट, SpO₂ र स्ट्रेस मोनिटरिङ गर्ने सुविधा उपलब्ध छ। हल्का प्रयोग गर्दा यसको ब्याट्रीसमेत १८ दिनसम्म टिक्ने कम्पनीको दाबी छ।

नेपालमा कति छ मूल्य ?

नेपालमा Redmi Watch 6 को मूल्य २० हजार ४९९ रुपैयाँ तोकिएको छ। यो मोडल Glacier Blue, Obsidian Black र Silver Gray रङमा उपलब्ध हुनेछ।

त्यस्तै, Redmi Watch 6 Lite को मूल्य १४ हजार ९९९ रुपैयाँ निर्धारण गरिएको छ। यो Black र Steel Gray रङमा उपलब्ध हुने कम्पनीले जनाएको छ।

नयाँ Redmi Watch 6 Series मार्फत शाओमीले डिजाइन, स्वास्थ्य निगरानी, फिटनेस ट्र्याकिङ र लामो ब्याट्री लाइफ खोज्ने प्रयोगकर्तालाई लक्षित गरेको जनाएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.