काठमाण्डौ । आम्दानीमा गिरावट आउदा नेपाल रिपब्लिक मिडिया लिमिटेड घाटामा गएको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्ममा ३ करोड ७ लाख घाटा व्यहोरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी २४ लाख ६६ हजार घाटामा रहेको थियो ।
यो अवधिमा कम्पनीले ११ करोड ३६ लाख रुपैयाँ आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ३७.०३ प्रतिशतले कम हो । अघिल्लो आवमा कम्पनीले १८ करोड ४ लाख रुपैयाँ आर्जन गरेको थियो । यस्तै कम्पनीले १९ लाख रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ ।
कम्पनीको प्रशासनिक खर्च ४ करोड ५३ लाख, र बिक्री तथा वितरण खर्च १ करोड ६४ लाख रहेको छ ।
कम्पनीको रिटेन्ड अर्निङ ५३ करोड ५५ लाख रुपैयाँले ऋणात्मक रहेको छ । कम्पनीको कुल चालु सम्पत्ति ५६ करोड ७८ लाख र कुल चालु दायित्व २६ करोड २२ लाख रुपैयाँ छ ।
कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ३.१८ रुपैयाँले ऋणात्मक, प्रतिसेयर नेटवर्थ ८५.६३ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १२२.०१ रुपैयाँ र तरलता अनुपात २.१६ प्रतिशत कायम भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।