काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले गत आवको चौथो त्रैमाससम्म ९८ करोड ९४ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिमा संस्थाले आर्जन गरेको ५७ करोड ६८ लाखको तुलनामा ७१.५२ प्रतिशतले बढी हो ।
यस्तै संस्थाले २ अर्ब १८ करोड रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा १५.४६ प्रतिशतले बढी हो ।
संस्थाको खुद शुल्क तथा कमिशन आम्दानी पनि १८ करोड ८९ लाख रुपैयाँबाट बढेर २० करोड ८९ लाख पुगेको छ । यस्तै संस्थाको सञ्चालन मुनाफा पनि ९१ करोड ३८ लाख रुपैयाँबाट बढेर १ अर्ब ४३ करोड पुगेको छ ।
संस्थाको खराब कर्जा अनुपात घटेको छ । अघिल्लो आवमा ११.३० प्रतिशत रहेको संस्थाको खराब कर्जा अनुपात घटेर ६.४९ प्रतिशतमा सीमित बनेको छ । त्यस्तै, संस्थाको सिडि रेसियो ११२.९७ प्रतिशतबाट घटेर ११२.६७ प्रतिशत, बेस रेट १२.१२ प्रतिशतबाट घटेर ११.३३ प्रतिशत, कस्ट अफ फण्ड ७.७७ प्रतिशतबाट घटेर ६.८५ प्रतिशत र स्प्रेड दर ७.१३ प्रतिशतबाट बढेर ७.७६ प्रतिशत पुगेको छ ।
सो अवधिसम्म संस्थाको वितरणयोग्य मुनाफा समेत बढेको छ । अघिल्लो आवमा ५९ करोड ९८ लाख रहेको वितरणयोग्य मुनाफा बढेर १ अर्ब ८ करोड पुगेको छ । लाभांश क्षमता पनि ३२.११ प्रतिशतबाट बढेर ५२.८३ रुपैयाँ पुगेको छ । संस्थाको रिटेन्ड अर्निङ १ अर्ब ८ करोड पुगेको छ भने रिभर्जको आकार १ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ ।
संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस) पनि ३०.८८ रुपैयाँबाट बढेर ४८.१५ रुपैयाँ पुगेको छ । त्यस्तै, संस्थाको प्रतिसेयर नेवटर्थ २२६.८७ रुपैयाँ, तरलता अनुपात ८.१२ प्रतिशत, पीई रेसियो १७.६५ गुणा र प्रतिसेयर कुल सम्पत्तिको मूल्य १४४६.९६ रुपैयाँ रहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।