बुधबार, श्रावण २७,२०८३ 10:58:30
Bizshala
  • बुधबार, श्रावण २७,२०८३ 10:58:30
Bizshala
Global IME Bank Limited

इम्पेयरमेन्ट चार्ज रिभर्सल भएसँगै गोर्खाज फाइनान्स २१.९४ करोड नाफामा

Prabhu Bank Limited
इम्पेयरमेन्ट चार्ज रिभर्सल भएसँगै गोर्खाज फाइनान्स २१.९४ करोड नाफामा
New Office

काठमाण्डौ । इम्पेयरमेन्ट चार्ज रिभर्सल भएसँगै र खुद ब्याज आम्दानी बढेसँगै गोर्खाज फाइनान्स नाफामा गएको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म २१ करोड ९४ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी १२ करोड १४ लाख रुपैयाँ घाटामा थियो ।

कम्पनीले उक्त अवधिमा ३१ करोड ३३ लाख रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो आवमा भने कम्पनीको खुद ब्याज आम्दानी २९ करोड ५० लाखमा सीमित थियो ।

चौथो त्रैमाससम्म कम्पनीको इम्पेयरमेन्ट चार्ज २७ करोड ५७ लाख रुपैयाँले रिभर्सल भएको छ ।

समीक्षा अवधिसम्म कम्पनीको रिटेन्ड अर्निङ ४४ करोड ८४ लाख रुपैयाँले ऋणात्मक रहेको छ । कम्पनीको रिजर्भको आकार पनि घटेको छ । अघिल्लो आवमा १ अर्ब ७ करोड रुपैयाँ रहेको रिजर्भ घटेर १ अर्ब १ करोडमा खुम्चिएको छ । कम्पनीको सेयर प्रिमियम शीर्षकमा २ करोड २९ लाख रुपैयाँ रहेको छ ।  

कम्पनीको वितरणयोग्य मुनाफा ४४ करोड ८४ लाख रुपैयाँले ऋणात्मक रहेको छ ।  

ग्राहकहरुबाट कम्पनीले ९ अर्ब ३८ करोड रुपैयाँबराबरको निक्षेप संकलन गरेको छ भने ५ अर्ब ९८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । कम्पनीको खराब कर्जा अनुपात १७.४६ प्रतिशतबाट घटेर १३.३२ प्रतिशतमा सीमित बनेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)२५.२८ रुपैयाँ , प्रतिसेयर नेटवर्थ १६६.३२ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार २४६.४२ रुपैयाँ र तरलता अनुपात ३८.९२ प्रतिशत कायम भएको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.