काठमाण्डौ । बिन्ध्यवासिनी हाइड्रो डेभलपमेन्ट कम्पनी लिमिटेडको खुद नाफा १२९.३३ प्रतिशतले बढेको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म १३ करोड ९८ लाख रुपैयााबराबरको खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवमा भने कम्पनीले ६ करोड ९ लाख रुपैयाँबराबरको खुद नाफा कमाएको थियो ।
कम्पनीको विद्युत बिक्री आम्दानी ३८ करोड ८३ लाखबाट बढेर ४५ करोड ५६ लाख पुगेको छ । यस्तै कम्पनीको अन्य आम्दानी पनि ३० लाख ९० हजारबाट बढेर ४२ लाख ८४ हजार पुगेको छ ।
कम्पनीको प्रशासनिक खर्च ५ करोड ९३ लाख र मर्मत तथा सम्भार खर्च १ करोड ७५ लाख रहेको छ ।
यस्तै कम्पनीको वित्त खर्च १३ करोड ३७ लाखबाट घटेर १२ करोड ३१ लाखमा सीमित बनेको छ । १ अर्ब १८ करोड रुपैयाँ चुक्तापूँजी भएको कम्पनीको कुल चालु सम्पत्ति ५१ करोड ६२ लाख र कुल चालु दायित्व १९ करोड २० लाख रुपैयाँ रहेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ११.७९ रुपैयाँ,प्रतिसेयर नेटवर्थ ११८.३२ रुपैयाँ,र तरलता अनुपात २.६९ गुणा कायम भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।