काठमाण्डौ । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा उल्लेख्य सुधार आएको छ । संस्थाले गत आवको चौथो त्रैमाससम्म १९ करोड ६१ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने संस्थाले १३ हजार ४२१ रुपैयाँबराबरको खुद नाफा कमाएको थियो ।
संस्थाको खुद ब्याज आम्दानी समेत ६४ करोड ७१ लाखबाट बढेर ७४ करोड २४ लाख पुगेको छ ।
अघिल्लो आवमा ६ करोड ८१ लाख रुपैयाँ रहेको संस्थाको खुद शुल्क तथा कमिशन आम्दानी ७ करोड ६७ लाख रुपैयाँ पुगेको छ । संस्थाको इम्पेयरमेन्ट चार्ज घटेको छ । अघिल्लो आवमा २९ करोड ४६ लाख रहेको संस्थाको रिटेन्ड अर्निङ १ करोड ५२ लाखमा सीमित बनेको छ । यस्तै संस्थाको रिजर्भको आकार ५४ करोड ८६ लाख रहेको छ ।
यस्तै संस्थाको वितरणयोग्य मुनाफा ३ करोड ५७ लाख र लाभांश क्षमता ४.५२ प्रतिशत रहेको छ ।
यो अवधिमा संस्थाको खराब कर्जा अनुपात केही घटेको छ । अघिल्लो आवमा १८.०४ प्रतिशत रहेको खराब कर्जा अनुपात बढेर १७.३७ प्रतिशत पुगेको छ ।
समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस) २४.७८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १६९.७८ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ४८७.०२ रुपैयाँ, मूल्य आम्दानी अनुपात २६.२३ गुणा र तरलता अनुपात ९.६६ प्रतिशत कायम भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।