बुधबार, श्रावण २७,२०८३ 02:43:22
Bizshala
  • बुधबार, श्रावण २७,२०८३ 02:43:22
Bizshala
Global IME Bank Limited

एनसेल बिजनेसको ‘क्लाउडसुइट’ सेवा सुरु, डोमेन र वेब होस्टिङ अब नेपाली रुपैयाँमै

Prabhu Bank Limited
एनसेल बिजनेसको ‘क्लाउडसुइट’ सेवा सुरु, डोमेन र वेब होस्टिङ अब नेपाली रुपैयाँमै
New Office

 

काठमाण्डौ ।  एनसेलले व्यवसाय, स्टार्टअप, उद्यमी, शैक्षिक संस्था तथा विभिन्न संगठनलाई लक्षित गर्दै डोमेन दर्ता र वेब होस्टिङ सुविधा उपलब्ध गराउने ‘एनसेल बिजनेस क्लाउडसुइट’ सेवा सुरु गरेको छ।

स्थानीय रूपमा समर्थित उक्त प्लेटफर्ममार्फत ग्राहकले एउटै ठाउँबाट डोमेन दर्ता, वेबसाइट होस्टिङ तथा आफ्नो अनलाइन उपस्थिति व्यवस्थापन गर्न सक्ने एनसेलले जनाएको छ।

कम्पनीका अनुसार नेपालमा व्यवसायहरू तीव्र रूपमा डिजिटल माध्यमतर्फ रूपान्तरण भइरहेका बेला देशभित्रै सहज पहुँच र व्यवस्थापन गर्न सकिने भरपर्दो वेब पूर्वाधारको आवश्यकता बढ्दै गएको छ। यही आवश्यकतालाई सम्बोधन गर्न क्लाउडसुइट ल्याइएको हो।

यस प्लेटफर्मले डोमेन दर्तासँगै डोमेन नवीकरण, ट्रान्सफर सहयोग, डीएनएस व्यवस्थापन, डोमेन फर्वार्डिङ, सबडोमेन व्यवस्थापन तथा केन्द्रीकृत डोमेन एड्मिनिस्ट्रेसनजस्ता सुविधा उपलब्ध गराउनेछ।

यसको अर्को प्रमुख विशेषता भनेको विदेशी मुद्रामा अन्तर्राष्ट्रिय होस्टिङ सेवा खरिद गर्नुपर्ने बाध्यता हटाउनु हो। ग्राहकले अब एनसेलको सेवामार्फत नेपाली रुपैयाँमै वेब होस्टिङ सेवा खरिद गर्न सक्नेछन्।

एनसेलले क्लाउडसुइटका लागि दुई प्रकारका प्याकेज ल्याएको छ।

मासिक १ हजार रुपैयाँ पर्ने बेसिक प्याकेजमा ३ जीबी साझा स्टोरेज, व्यावसायिक इमेल खाता, एसएसएल सर्टिफिकेसन, स्वचालित ब्याकअप तथा सुरक्षा सुविधाहरू समावेश छन्।

त्यस्तै, बढ्दो डिजिटल आवश्यकता भएका व्यवसायलाई लक्षित प्रो प्याकेजको मासिक शुल्क २ हजार रुपैयाँ तोकिएको छ। यसमा बढी स्टोरेज तथा डेटा ट्रान्सफर, २० वटासम्म व्यावसायिक इमेल खाता, १० वटा डेटाबेस, पाँच वटासम्म सबडोमेन, एसएसएल सर्टिफिकेसन, स्वचालित ब्याकअप तथा सुरक्षा सुविधा उपलब्ध हुनेछन्।

एनसेलका चिफ इन्टरप्राइज बिजनेस अफिसर डिओन एसेन्सिओले क्लाउडसुइटले नेपाली व्यवसायलाई बलियो र व्यावसायिक डिजिटल उपस्थिति निर्माण गर्न सहयोग पुर्‍याउने बताए।

उनका अनुसार डोमेन र भरपर्दो वेब होस्टिङ कुनै पनि व्यवसायको डिजिटल यात्राको आधारभूत आवश्यकता हुन्। स्थानीय पूर्वाधार, नेपाली रुपैयाँमा भुक्तानी र नेपालभित्रै डेटा होस्टिङको सुविधाले व्यवसायलाई आफ्नो डिजिटल सम्पत्तिमाथि थप नियन्त्रण दिने उनको भनाइ छ।

एनसेलले क्लाउडसुइटको पहिलो चरणमा डोमेन र वेब होस्टिङ सेवामा केन्द्रित भएको जनाएको छ।

कम्पनीका अनुसार सेवा प्रयोग गर्दा वेबसाइटको होस्टिङ नेपालभित्रै हुनेछ र ग्राहकको डेटा पनि नेपालमै रहनेछ। यसले व्यवसायलाई आफ्नो वेबसाइट डेटा तथा डिजिटल सम्पत्तिमाथि बढी नियन्त्रण कायम गर्न र नियामकीय आवश्यकता पूरा गर्न सहज हुने एनसेलको दाबी छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.