काठमाण्डौ । सर्वोत्तम सिमेन्ट लिमिटेडको आम्दानीमा सुधार आएसँगै नाफा वृद्धि भएको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म १ अर्ब १० करोड ७४ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ ।
यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ७.७० प्रतिशतले बढी हो ।
अघिल्लो आवको चौथो त्रैमाससम्म भने कम्पनीले १ अबै २ करोड ८२ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।
कम्पनीको बिक्री आम्दानी ७.५६ प्रतिशतले बढेको छ । कम्पनीले बिक्रीमार्फत १० अर्ब २५ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवमा भने कम्पनीले बिक्रीमार्फत ९ अर्ब ५३ करोड रुपैयाँ कमाएको थियो ।
यस्तै अघिल्लो आवमा १३ करोड ७६ लाख रुपैयाँबराबरको अन्य आम्दानी गरेको कम्पनीले चालु आवको समीक्षा अवधिसम्म भने १७ करोड ६९ लाख रुपैयाँ आर्जन गरेको छ ।
कम्पनीको खर्च बढेको छ । कम्पनीले समीक्षा अवधिसम्म १ अर्ब १५ करोड ६३ लाख रुपैयाँ कुल खर्च गरेको छ । अघिल्लो आवमा भने कम्पनीले ८६ करोड १ लाख रुपैयाँबराबरको कुल खर्च गरेको थियो ।
५ अर्ब २२ करोड रुपैयाँबराबरको चुक्तापूँजी भएको कम्पनीको रिभ्यालुएसन रिजर्भमा ३३ करोड ६८ रुपैयाँ सञ्चित रहेको छ । कम्पनीको कुल चालु सम्पत्ति ६ अर्ब ९ करोड र कुल चालु दायित्व ५ अर्ब ४७ करोड रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)२१.२० रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३१७.७५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १९९.८२ रुपैयाँ र तरलता अनुपात १.९२ प्रतिशत कायम भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।