काठमाण्डौ। विद्युत बिक्री आम्दानीमा आएको गिरावटका कारण पियोर इनर्जी लिमिटेडको नाफा घटेको छ । कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म २ करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २०.८८ प्रतिशतले कम हो ।
अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनीले ३ करोड १९ लाख खुद नाफा कमाएको थियो। कम्पनीको आम्दानी घटेको छ ।
म्पनीले कुल २४ करोड ७८ लाख रुपैयाँबराबरको आम्दानी गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले कुल २७ करोड ४४ लाख रुपैयाँबराबरको आम्दानी गरेको थियो । कम्पनीले यो अवधिमा खर्च भने नियन्त्रणमा राख्न सफल भएको छ । अघिल्लो आवमा २४ करोड १५ लाख रुपैयाँ खर्च गरेको कम्पनीले चालु आवमा भने २२ करोड १७ लाख मात्रै खर्च गरेको छ ।
कम्पनीको कुल चालु सम्पत्ति ५ करोड ७२ लाख र कुल चालु दायित्व ११ करोड ७ लाख रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)३.१६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १०३.६४ रुपैयाँ र तरलता अनुपात ०.५२ प्रतिशत कायम भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।